सप्तरीका ४० जनप्रतिनिधिले गरे लाेसपामा सनाखत


 


सप्तरी, भदौ १८
सप्तरीका ४० जना जनप्रतिनिधिले जनता समाजवादी पार्टी परिवर्तन गरी लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) मा सनाखत गरेका छन्।

निर्वाचन आयोगले २२ भदाैसम्म दल परिवर्तनको सनाखत गर्न समय सीमा तोकेपछि जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव,राजविराज नगरपालिकाका उपमेयर साधना झा ,तिलाठी-कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंह, छिन्नमस्ता गाउँपालिकाका उपाध्यक्ष उषा मण्डलसहित ४० जनप्रतिनिधिले लाेसपामा सनाखत गरेको जिल्ला निर्वाचन अधिकारी समेशकुमार जोशीले जानकारी दिए।

सप्तरीमा १८ स्थानीय तहमध्ये पूर्वराजपाबाट पाँचवटा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि छन् । पाँच स्थानीय तहमा तत्कालीन संघीय समाजवादी फोरम नेपालले जित हासिल गरेका थिए । अन्य सात स्थानीय तहमा एमाले र कांग्रेसले जितेका थिए ।

प्रकाशित मिति: १८ भाद्र २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्