आजको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?


 


वि.सं.२०७८ साल भदौ १५ गते । मंगलवार । ईश्वी सन् २०२१ अगष्ट ३१ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि– नवमी, रातको ०२ बजेर १५ मिनेट उप्रान्त दशमी । नक्षत्र– रोहिणी, बिहान ०९ बजेर १५ मिनेट उप्रान्त मृगशिरा । योग– हर्षण, बिहान ०९ बजेर ३२ मिनेट उप्रान्त बज्र । करण– तैतिल, दिउसो ०१ बजेर १६ मिनेट उप्रान्त गर, रातको ०२ बजेर १५ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मातंग योग । चन्द्रराशि–बृष,बेलुकी १० बजेर ३२ मिनेट उप्रान्त मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४२ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २६ मिनेट । दिनमान ३१ घडी ४४ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यावसायमा लगानी गर्नको लागी केही समय कुर्नुनै रम्रो हुनेछ । व्यापारमा उधारो लानेहरु बढ्नेछन् । आफन्त तथा अग्रजहरुसँग घरायसी कुरामा राज बाजिनेछ । बिद्यामा अरुभन्दा पछी परिने तथा नतिजा आफुतिर ल्याउन निकै मिहिनेत गर्नु पर्नेछ । कार्यक्षेत्रमा खुट्टा तान्नेहरु तथा आलोचना गर्नेहरु सक्रिय हुनेछन् ध्यान दिनुहोला । प्रेममा अविश्वास तथा शंका बढ्ने योग रहेकोछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) ओभर कन्फिडेन्टले नतिजा शुन्य जस्तै हुनेछ । व्यापारमा नाँफा कमाउन निकैनै समय खर्चनु पर्नेछ । पढाइ लेखाइमा मनग्गे समय खर्चिएपनि न्युन सफलता हातलागी हुनेछ । खानपान तथा स्वास्थ्यमा ध्यान नदिए खर्च बढ्ने योग रहेकोछ । भौतिक तथा विलाशी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) खर्च बढेपनि लामो दुरिको यात्राको तय हुनेछ । विदेशमा बसेर पेशा व्यावसाय गर्नेहरुका लागी समय फलदायि रहेकोछ । न्याय संगत काम नगर्दा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । अग्रज तथा आफन्त सँग सैद्धान्तिक राय बाजिनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछी परिनेछ । प्रेममा धोका तथा अबिश्वास सिर्जना हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) ईमान्दार तथा लगनशिल भएर लाग्नाले समाजमा राम्रा काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गरी सबैको ध्यान केन्द्रित गर्न सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ भने शिक्षा क्षेत्र तथा वित्तीय क्षेत्रमा समय लगानी गर्नेहरुका लागी समय फलदायी रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राज्यभावमा गोचर गर्ने शुभ चन्द्रमाले राज्यको मेकानिजम भित्र बसेर गरीने कामबाट मनग्गे फाईदा हुनेछ । कृर्तिमानि काम गरी नाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेकोछ । व्यापारबाट मनग्गे लाभ हुनेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा मन जानेछ भने प्रेमको डोरो कसिलो भएर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफ्नो काममा अरुले हस्तक्षेप गर्न सक्छन् ध्यान दिनुहोला । जीवनशैली व्यास्त रहेपनि न्यून उपलब्धीमा चित्त बुझाउनु पर्ला । पढाइ लेखाइमा ध्यान नजादा अरुभन्दा पछी परिनेछ । माया प्रेममा धोका तथा अबिश्वास बढ्नेछ । राजनीति तथा समाजसेवामा काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरु वा खुट्टा तान्नेहरु हावी हुनेछन् । कष्टकर धार्मिक यात्रा हुनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) खानपान तथा मौषमको ध्यान दिनहोला समय मध्ययम रहेकोछ । आफन्त तथा दिदी बहिनीसँग मनमुटाव सिर्जना हुनेछ । गोप्य फाईल बाहिर आउने हुनाले ईज्जत प्रतिष्ठा जोगाउन हम्मे हम्मे पर्नेछ । माया प्रेममा धोका तथा अविस्वास हुनेछ । शिक्षा तथा पढाइ लेखाइमा मन नजादा प्रतिस्पर्धीहरुभन्दा पछी परिनेछ । व्यापारमा मन्दी आउनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापारको शिलशिलामा लामो दुरीको यात्राको अधिक सम्भावना रहेकोछ भने व्यावसायमा लगानी गरी प्रशस्त नाँफा कमाउन सकिनेछ । अध्ययन,लेखन,कलासाहित्य तथा गित संगितमा चासो बढ्नेछ भने तपाईको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्वन्धमा विस्वासको वातावरण बढ्नेछ । भौतिक साधनहरु जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कार्यक्षेत्रमा केही विषयमा विवाद भएपनि तपाईँको भनाई तथा रायलाई स्वीकार्दै जाने सहमती जुट्नेछ । न्यायिक निर्णयहरु तपाईँको पक्षमा आउनेछ । आफन्त तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइ सफलताकै मार्गमा अगाडी बढ्नेछ । प्रयन्न गर्दा राज्यबाट पद प्राप्तीको गतिलो योग रहेकोछ । तपाईंको खुट्टा तान्ने तथ कुरा काट्नेहरु तपाईंकै प्रशङसा गर्दै हिड्नेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) शरिर अस्वस्थ नहुनाले दैनिक कामहरु गर्न सकिने अवस्था रहने छैन । भौतिक सम्पती तथा विलाशी वस्तु उपाहारको रुपमा प्राप्त हुने भएपनि टरेर जानेछ । व्यापारमा मन्दी आउने तथा नयाँ ठाउँमा लगानि नगर्नु नै राम्रो हुनेछ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले बाध्यताबस छुट्टिनु पर्ने अवस्था आउनेछ । सन्तान तथा आफन्तसँग मनमुटाब सिर्जना हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) घरजग्गा तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । आमा तथा आफन्तसँग मनमुटाव सिर्जना नहोला भन्न सकिन्न । व्यापारमा लगानी गरीहाल्ने समय नरहेकोला केहि समय पर्खनु नै राम्रो हुनेछ । माया प्रेममा धोका तथा शंका बढ्नेछ । राजनीति तथा समाजसेवी हरुका लागी समय मध्ययम रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसाय फस्टाएर जाने तथा सापटि दिईएका रकमहरु फिर्ता आउनाले दैनिकी सुदृड हुनेछ । आफन्त तथा कुटुम्वबाट सहयोेग पाईनेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । माया प्रेमको गाठो कसिलो भएर जाने तथा जीवन साथीको भरपुर सहयोग पाईनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् । छोटो तथा उपलब्धी मुलक यात्रा हुनेछ ।

प्रकाशित मिति: १५ भाद्र २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्