तपाईंको आजको दिन कस्तो रहनेछ ? हेर्नुहोस् राशिफल


 


वि.सं.२०७८ साल भदौ १३ गते । आईतवार । ईश्वी सन् २०२१ अगष्ट २९ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–सप्तमी, बेलुकी १० बजेर १२ मिनेट उप्रान्त अष्टमी । नक्षत्र– कृतिका, अहोरात्र । योग– ध्रुव, बिहान ०८ बजेर १७ मिनेट उप्रान्त व्याघात । करण– भद्रा, बिहान ०९ बजेर १३ मिनेट उप्रान्त बव, बेलुकी १० बजेर १२ मिनेट उप्रान्त बालव । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–मेष,बिहान १० बजेर ४२ मिनेट उप्रान्त बृष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २७ मिनेट । दिनमान ३१ घडी ५२ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बोलेको कुरा पुर्याउन नसक्दा सहकर्मी तथा आफन्तबाट तपाईको आलोचना हुनेछ । पढाइ लेखाइमा आत्तिने बानिले नतिजा आफ्नो पक्षमा पार्न मुस्किल पर्नेछ । परिवारका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुरेपनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । प्रेममा केहि असन्तुष्टि मिलाउदै बढ्न सकिनेछ । व्यापारमा मन्दी आउनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समय मध्ययम रहेकोले व्यापार व्यावसायमा तत्काल लगानि नबढाउनु नै उत्तम हुनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना सहनु पर्नेछ । घर परिवार तथा आफन्तसँग सैद्धान्तिक राज बाजिनेछ । टेक्निकल सामानको प्रयोग गर्दा ध्यान दिनुहोला । शिर सम्वन्धी समस्या देखा पर्ने तथा कन्फिडेन्ट पावरमा कमि हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । कामगर्दा ध्यान दिनुहोला काम बिग्रन तथा जरिवाना हुन सक्छ । तापनि लामो दुरिको विदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ । विदेशमा बसेर काम गर्नेहरुका लागी समयले साथ दिनेछ भने बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । विदेशी लगानिबाट सञ्चालित सस्थामा नोकरी पाउने योग रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आम्दानीका बिभिन्न स्रोतहरु फेला पार्न सकिनेछ । सानो पुँजीबाट व्यापार सुरु गरी मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुले नयाँ ठाउँको भ्रमण गरी दिनलाई फलदायी बनाउनेछन् । अध्ययनमा थोरै मेहनेतले राम्रो सफलता हात पार्न सकिनेछ । अग्रहरुको धन तथा सम्पतिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) धर्म तथा आध्यात्मिक क्षेत्रमा रुचि बढ्ने तथा धार्मिक प्रतिष्ठान तिरको यात्राको तय गर्न सकिनेछ । पढाई लेखाईकै सवालमा लामो दुरिको यात्रा हुने तथा खोजीमुलक क्षेत्रमा समय व्यातित गर्न सकिनेछ । माया प्रेममा आफ्नो मानिससँग दिनभर भलाकुसारि गर्न पाउदा मन प्रशन्न हुनेछ । भाग्य तथा समयले साथ दिने हुनाले सानो प्रयत्नले ठुला कामहरु बन्नेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कार्यक्षेत्रमा केही कमी कमजोरी बाहिरीनाले ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । आध्यात्मिक क्षेत्रमा चासो बढ्नेछ भने धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । पढाइ लेखाइमा आफ्नै कमजोरिले नतिजा अरुतिरै जानेछ । सरकारी तथा प्रशासनिक काममा ढिला सुस्तिको कारणले अन्य काम प्रभावित हुनेछन् । व्यापारमा मन्दी आउनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले गोप्य रिपोर्टहरु बाहिर आउने तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । माया प्रेममा धोका तथा मनमुटाब सिर्जना हुने योग रहेकोछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बन्द व्यापार फस्टाएर जाने तथा नयाँ ठाउँमा लगानी गर्ने अवसर जुर्नेछ । व्यावसायकै शवालमा लामो दुरिको यात्रा हुनेछ । भौतिक सम्पती तथा विलाशी वस्तु प्राप्त हुने योग रहेकोछ । माया प्रेममा नजिक हुन सकिनेछ भने जीवन साथिको सहयोगले राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अरुको सहयोग पाईने तथा आफन्तको बिश्वास जितेर काम गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । विवाद,प्रतिस्पर्धामा तपाईको जित निश्चित रहेकोछ । अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहने जोडीहरुका लागी समय उत्रम रहेकोछ । साहशिलो काम गरेर लाभ लिन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय र कामको तालमेल नमिल्दा योजनाहरु थाती रहनेछ । बौद्धिक क्रिर्याकलापमा भाग लिने अवसर आएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्ला । अध्ययनमा बाधा हुने तथा अरुका लागी समय खर्चनु पर्नेछ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । व्यापारमा भनेजस्तो आम्दानी नहुनाले लगानीको वातावरण टरेर जानेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिहानको समय राम्रो रहेकोले कृषि,पशुपालन तथा सहकारीजस्ता क्षेत्रको व्यावसाय फस्टाएर जाने हुनाले आम्दानी बढाउन सकिनेछ । अध्ययनमा भनेजस्तो नतिजा प्राप्त गर्न सकिनेछ । मध्यान्हबाट राज्यको मेकानिजम् भित्र बसेर का गर्नेहरुका लागी समय मध्ययम रहेकोले आलोचना हुनेछ । माया प्रेममा मनमुटाब बढ्नेछ भने आफन्त तथा घर परिवारसँग टाडा हुने समय रहेकोछ । घर जग्गा तथा सवारी साधनको कारोबाट गर्दा ध्यान दिनुहोला ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) खेलकुद तथा आट,शाहस तथा पराक्रमी क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । अदालतबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । लेखन,कला तथा साहित्यको क्षेत्र आजको दिन राम्रो रहेकोछ । प्रेम सम्बन्धहरुमा आत्मियता थप प्रगाड हुनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा छोटो दुरिको यात्रा हुनेछ ।

प्रकाशित मिति: १३ भाद्र २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्