आजको तपाईंको भाग्यफल कस्तो? हेर्नुहोस् आजको राशिफल


 


वि.सं.२०७८ साल भदौ ०२ गते । बुधवार । ईश्वी सन् २०२१ अगष्ट १८ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– एकादशी, बेलुकी ११ बजेर ५७ मिनेट उप्रान्त द्वादशी । नक्षत्र– मूल, रातको १२ बजेर ०४ मिनेट उप्रान्त पूर्वाषाढा । योग– विष्कुम्भ, बेलुकी १० बजेर ०४ मिनेट उप्रान्त प्रिती । करण–वणिज, दिउसो ०१ बजेर ०५ मिनेट उप्रान्त भद्रा, बेलुकी ११ बजेर ५७ मिनेट उप्रान्त बव । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ३६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३८ मिनेट । दिनमान ३२ घडी ३३ पला । पुत्रदा एकादशी व्रत ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सामाजिक तथा परोपकारी काममा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । व्यापारमा आज गरीने लगानीबाट भविस्यमा राम्रो नाँफा कमाउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो प्रगती गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । राजनीतिज्ञले जनताको काम गरी पद प्राप्त गर्ने समय रहेकोछ । प्र्रेमील जोडीहरुका लागी समय उत्तम रहेकोछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) खानपान तथा मौषमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । धेरै समय दिएमात्र व्यापार व्यावसायमा आम्दानी गर्न सकिनेछ । सामाजिक काममा समय दिन नसकिने हुनाले जिम्मेवारी वहन नगर्नु नै ठिक हुनेछ । अध्ययनमा मन नजानाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । प्रेममा धोका हुनेछ । भौतिक सम्पती प्रयोग गर्दा ध्यान दिनुहोला ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार लगानी गरी धन आर्जन गर्न सकिनेछ भने साझेदारी व्यावसायमा गरिएको लगानी फस्टाएर जानेछ । व्यापारकै शिलशिलामा छोटो दुरिको यात्राको तय हुनेछ । भौतिक सम्पती तथा विलाशी सामान उपाहारको रुपमा प्राप्त हुनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरु आफै किनारा लाग्नेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । नोकरीमा प्रवेश तथा पदोन्नतीको गतिलो योग रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) प्रतिस्पर्धामा विजयको योग रहेकोछ भने तपाईको कुरा काट्ने तथा ईष्र्या गर्नेहरु हार खानेछन् । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । पुराना ऋण तथा रोगहरुलाई किनारा लगाउदै परिणाममुखी काम गर्न सकिनेछ । अध्ययन अध्यापनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पढाइ लेखाइमा मन जाने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो हुनेछ भने बिभिन्न वस्तु तथा उपाहार प्राप्त हुनेछ । व्यावसायकै सवालमा रमाईलो यात्रा गर्न सकिनेछ । आफन्त तथा सन्तानको प्रगतिमा मन रमाउनेछ । बौद्धिक तथा प्राज्ञिक क्षेत्र फराकिलो हुनेछ भने तपाईँको प्रस्तुतिले सबैको मन आकर्शित गर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राजनीतिज्ञ तथा समाजसेवीका लागी समय मध्ययम रहेपनि कृषक तथा जागिर गर्नेहरुका लागी समय उत्तम रहेकोछ । घरजग्गा तथा सवारी साधन सम्वन्धी विवादमा सामेल नहुनुहोला । अध्ययनमा मन नजादा अरुनै हावी हुनेछन् । स्वास्थ्यमा समस्या आउनाले दैनिक काम प्रभावित हुनेछन् । प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) समय तथा भाग्यले साथ दिने हुँदा सानो लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । पराक्रमी तथा पुरुषार्थी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । सुचना प्रविधीको प्रयोग मार्फत नयाँ काम गर्न सकिनेछ । दाजुभाई तथा आफन्तको सहयोग पाईनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) धन भावमा गोचर गर्ने शुभ चन्द्रमाले व्यापार व्यावसाय फस्टाएर जाने हुनाले दैनिक आम्दानीमा बढोत्तरी हुनेछ । आफ्ना भनाईहरु जनमानसमा लैजान सकिने तथा बोलेरै धन आर्जन गर्न सकिनेछ । आफन्त तथा कुटुम्बका साथ रमाईलो यात्रा गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा रमाउने चाहनेहरुका लागी समय फलदायि रहनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफ्नो दैनिक काम समयमा सम्पादन गरी वचेको समय समाजसेवामा खर्चन पाईने हुनाले मान सम्मान पाईनेछ । ईच्छाशक्ति बढ्ने तथा कृतिमानी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुने तथा जीवन साथीको सहयोग पाईनेछ । पढाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) लामो दुरिको यात्राको लागी समय उत्तम रहेकोछ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जाने तथा विदेशमा बसेर श्रम तथा अध्ययन गर्नेहरुका लागी समय फलदायी रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । आकस्मिक खर्च हुनाले दैनिकी प्रभावित हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानी बढ्नेछ । परिवारका ईच्छा,आकांक्षा तथा मनोकामना पुर्ति गर्न सकिनेछ । पैत्रिक धन तथा सञ्चित धनको प्रयोग गर आम्दानीमा बृद्धि गर्न सकिनेछ । अध्ययनमा प्रतिस्पर्धीहरुलाई उछिन्दै अग्र स्थानमा आउन सकिनेछ । प्रेमील जोडीहरुका लागी समय उत्तम रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सामाजिक काम गरी ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । व्यावसायमा लगानीका प्रस्ताव आउने तथा मनग्गे धन आर्जन गर्न सकिने हुनाले जीवन शैलिमा परिवर्तन हुनेछ । पढाइमा मन जानेछ भने पढाइकै सवालवा लामो दुरीको यात्राको तय हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । कृषी तथा पशुपालन क्षेत्रमा लगानी बढाई आम्दानी वढाउन सकिनेछ ।

प्रकाशित मिति: २ भाद्र २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्