मन्त्रिपरिषद् बैठक बस्दै


 


काठमाडौं, साउन ३२
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

मन्त्रिपरिषद् बैठक सोमवार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जनाइएको छ ।

देउवा नेतृत्वको सरकार गठन भएको एक महिना पुरा भइसक्दा पनि मन्त्रिपरिषद्ले हालसम्म पूर्णता पाउन सकेको छैन । यसले गर्दा विभिन्न मन्त्रालयले गर्ने प्रशासनिक काम समेत अवरुद्ध हुन थालेको छ ।

प्रकाशित मिति: ३२ श्रावण २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्