कस्तो छ तपाईंको भाग्यफल? हेर्नुहोस् आजको राशिफल


 


वि.सं.२०७८ साल साउन ३२ गते । सोमवार । ईश्वी सन् २०२१ अगष्ट १६ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– अष्टमी, बिहान ०७ बजेर १० मिनेट उप्रान्त नवमी । नक्षत्र– अनुराधा, रातको ०३ बजेर १५ मिनेट उप्रान्त ज्येष्ठा । योग– बम्ह, बिहान ०७ बजेर ०९ मिनेट उप्रान्त ऐन्द्र । करण– बव, बिहान ०७ बजेर १० मिनेट उप्रान्त बालव, बेलुकी ०५ बजेर ०६ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मानस योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ३५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३९ मिनेट । दिनमान ३२ घडी ४० पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यास्तता बढेपनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरि महसुस हुनेछ । खानपान तथा वाहिरी वातावरणको ध्यान दिनुहोला । व्यापार व्यावसायमा लगानी गर्नुपुर्व आवस्यक तयारी राम्रोसँग गर्नुहोला । पढाइ लेखाइमा मन नजादा भनेजस्तो नतिजा नआउन सक्छ । प्रेममा रमाउन चाहनेहरुका लागी आजको दिन मध्ययम रहेकोछ । गोप्यता भङग हुने तथा आफन्तसँग विवाद बढ्नेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापारको शिलशिलामा लामो दुरीको यात्राको अधिक सम्भावना रहेकोछ भने व्यावसायमा लगानी गरी प्रशस्त नाँफा कमाउन सकिनेछ । अध्ययन,लेखन,कलासाहित्य तथा गित संगितमा चासो बढ्नेछ भने तपाईको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्वन्धमा विस्वासको वातावरण बढ्नेछ । भौतिक साधनहरु जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) अरुको सहयोग पाईने तथा आफन्तको बिश्वास जितेर काम गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । विवाद,प्रतिस्पर्धामा तपाईको जित निश्चित रहेकोछ । अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहने जोडीहरुका लागी समय उत्रम रहेकोछ । साहशिलो काम गरेर लाभ लिन सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) वौद्धिक व्याक्तीत्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदम अगी बढी नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतीमा मन रमाउनेछ । शिक्षा क्षेत्रसँग सम्वन्धीत व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाँफा कमाउन सकिनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राजनीति तथा सामाजिक काममा हतारमा निर्णय गर्दा आलोचना हुनेछ । अन्य व्यापार व्यावसायमा मन्दी आउने भएपनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आफन्त तथा परिवारलाई समय दिन नसक्दा तपाईँदेखी रिसाउनेछन् । प्रेममा एक अर्काको भावना नबुझ्दा टाडिनु पर्ने बाध्यता आउन सक्छ । अध्ययन तथा अध्यापनबाट भनेजस्तो नतिजा नआउन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) उद्योग तथा व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । खेदकुद तथा पराक्रमी क्रिर्याकलापमा भाग लिनेहरुका लागी समयले साथ दिनेछ भने चाहेको उपलव्धी हासिल गर्न सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । दाजुभाई तथा छिमेकीको साथ पाईनेछ । लेखन तथा साहित्यमा रुची बड्नेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने नयाँ व्यावसायमा लगानी गर्ने अवसर जुर्नेछ । सापटी लगिएका धन तथा सम्पती फिर्ता हुने योग रहेकोछ । अध्ययनमा मन जाने हुनाले नतिजा तपाईँ कै पोल्टोमा पर्नेछ । गित संगित तथा मोडलिङ पेशा व्यावसायमा समय खर्चिनेहरुका लागी समय फलदायी रहनेछ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण तथा रमाईलो गर्ने अवसर जुर्नेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रविधिको प्रयोग गरी रचानात्मक काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा सफलता हात पार्न सकिनेछ भने पहिले गरीएका कामहरु उपलव्धी मुलक बन्दै जानेछन् । नयाँ काम गर्न सकिने तथा सहयोग र समर्थन गर्नेहरु प्रशस्त भेटिनेछन् । समाजसेवा तथा राजनीतिमा चासो बढ्ने तथा जनताको काम गर्न सक्दा पद प्राप्तीको योग रहेकोछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाइ लेखाइमा मन नजादा भनेजस्तो नतिजा हात पार्न सकिने छैन । काम गर्दा वा सवारी चलाउदा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा बढि नै समय दिएमात्र नतिजा हात पार्न सकिनेछ । तापनी विदेशी सामानको खरिद बिक्रिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने विदेश यात्राको गतिलो योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) स्रोत साधन जुट्नाले कार्यक्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ । लामो समयदेखी रोकिएर बसेका कामहरु सम्पादन हुने तथा कार्य क्षेत्रमा नयाँ जिम्मेवारी थपिनेछ । व्यापार व्यावसाय फस्टाउनाले आम्दानी बढ्नेछ । अध्ययनमा सुधार हुने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ भने कार्यक्षेत्रमा तारिफ योग्य काम गरी लोकप्रियता कमाउन सकिनेछ । शिक्षामा भनेजस्तो नतिजा हात पार्न सकिने हुनाले प्रतिस्पर्धीहरु किनारा लाग्नेछन् । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ । नयाँ काम पाउने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बौद्धिक,प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा बिशेष रुची बढ्नेछ । दार्शनिक विषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले प्रशस्त आम्दानी हुनेछ । दाम्पत्य सुख,प्रेम सम्वन्ध तथा पारिवारिक सम्वन्ध सुमधुर हुनेछ ।

प्रकाशित मिति: ३२ श्रावण २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्