आज भारतको ७५ औँ स्वतन्त्रता दिवस : राजघाट पुगे मोदी, लाल किल्लाबाट सम्बोधन गर्दै


 


भारत, साउन ३१
अङ्ग्रेजको शासनबाट स्वतन्त्र भएको ७५ वर्ष पूरा भएको अवसरमा छिमेकी मुलुक भारतले अमृत महोत्सव मनाइरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी बिहानै राजघाट पुगेर महात्मा गान्धीको समाधिमा फूल चढाएर उनको समाधिको परिक्रमा गरेका छन् ।

यसअघि प्रधानमन्त्री मोदीले आइतबार बिहान ट्वीट गर्दै स्वतन्त्रता दिवसको बधाई दिएका थिए । उनले स्वतन्त्रताको अमृत महोत्सवले यो वर्ष देशवासीमा नयाँ ऊर्जा र नवचेतनाको सञ्चार होस् भन्ने कामना गरेका छन् ।

प्रधानमन्त्री मोदी आजै लाल किल्लामा आयोजना हुने मुख्य समारोहमा सहभागी हुनेछन् । भारतको झण्डा फहराएपछि देशको नाममा सम्बोधन गर्नेछन् । ओलम्पिक पदक विजेता खेलाडीहरु पनि आज लाल किल्लामा उपस्थित हुनेछन् । आज पहिलोपटक एयरफोर्सको हेलिकप्टरले फूल पनि बर्साउने बताइएको छ ।

Greetings to you all on Independence Day.

आप सभी को 75वें स्वतंत्रता दिवस की बहुत-बहुत बधाई। आजादी के अमृत महोत्सव का यह वर्ष देशवासियों में नई ऊर्जा और नवचेतना का संचार करे।

जय हिंद! #IndiaIndependenceDay

— Narendra Modi (@narendramodi) August 15, 2021

प्रकाशित मिति: ३१ श्रावण २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्