आज साउन ३१ गते आइतवारको राशिफल


 


मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साताको सुरु र अन्तको समय राम्रो रहेकोले माया प्रेममा नजिक हुन सकिने तथा पति पत्नी बीच विश्वासको वातावरण बढेर जानेछ । पढाइ लेखाइमा मन जाने तथा अरुलाई पछी पार्दै नतिजा आफुतिर ल्याउन सकिनेछ । व्यापार भावमा गोचर गर्ने चन्द्रमाले फेन्सी तथा विलाशी वस्तुको व्यापारबाट मनग्गे आम्दानी हुनेछ । एकल तथा साझेदारी व्यावसायमा लगानी बढाउन सकिनेछ । व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । साथि संगि तथा ईष्ट मित्रबाट उपाहार प्राप्त हुनेछ । सोमवार र मंगलवारको समय मध्ययम रहेकोले व्यास्तता बढेपनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरि महसुस हुनेछ । खानपान तथा वाहिरी वातावरणको ध्यान दिनुहोला । व्यापार व्यावसायमा लगानी गर्नुपुर्व आवस्यक तयारी राम्रोसँग गर्नुहोला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) साताको सुरु र अन्तको समय राम्रो रहेकोले अध्ययन,लेखन,कलासाहित्य तथा गित संगितमा चासो बढ्नेछ भने तपाईको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्वन्धमा विस्वासको वातावरण बढ्नेछ । व्यापारको शिलशिलामा लामो दुरीको यात्राको अधिक सम्भावना रहेकोछ भने व्यावसायमा लगानी गरी प्रशस्त नाँफा कमाउन सकिनेछ । भौतिक साधनहरु जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । बुधवार र बिहीवारको समय मध्ययम रहेकोले खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ । भौतिक सम्पति तथा औजारको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । आफन्त तथा दिदिबहिनी सँग मनमुटाब बढ्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पति हात पार्न सकिनेछ । बौद्धिकताको प्रयोग मार्फत अधिकार स्थापित गर्न सकिनेछ । भौतिक सम्पती तथा विलाशी वस्तुको व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । व्यावसायकै शिलशिलामा यात्राको तय गर्न सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । साताको अन्त अर्थात शुक्रवार र शनिवारको समय मध्ययम रहेकोले आफन्त तथा दिदिबहिनीसँग मनमुटाव सिर्जना हुने योग रहेकोछ । समय तथा परिस्थिती अनुसार नचल्नाले दुख पाईनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समय राम्रो रहेकोले नियम संगत गरेका काममा हुने फैसला तपाईँकै पक्षमा हुनेछन् । नोकरीमा बढुवा हुने योग रहेकोछ । प्रेममा सामिप्यता बढ्ने तथा भेटघाटमा समय व्यातित हुनेछ । पछी लाभ हुने काम सुरु गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ । कुनैपनि विवाद तथा प्रतिस्पर्धामा अरुभन्दा एक कदम अगाडी बढ्न सकिनेछ । सत्रु परास्त तथा पुरानो रोगबाट उन्मुक्ती पाईनेछ । खर्च बढेपनि उपलव्धी मुलक कामहरु हुनेछन् । सन्तान तथा परिवारका सदस्यबाट सहयोग पाईनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरि मनग्गे धन आर्जन गर्न सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) साताको सुरु र अन्तको समय राम्रो रहेकोले सामाजिक काम गरी जनताको समर्थन जुटाउन सकिनेछ । लेखेरै नाम तथा दाम दुवै कमाउन सकिनेछ । औषधीजन्य तथा दैनिक उपभोग्य सामानको व्यापार व्यावसायमा लगानी गरी नाँफा कमाउन सकिनेछ । भौतिक स्रोत साधन जुट्नाले काम गर्न सहज हुनेछ । आटिला तथा पुरुशार्थी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । मन परेको मानिसलाई लिएर यात्रामा निस्कन शकिनेछ । सोमवार र मंगलवारको समय मध्ययम रहेकोले आफ्नै भन्नेहरुले आश्वासन बाड्ने तथा समयमा काम नगर्दिनाले समस्या पैदा हुनेछ । मन परेको मानिससँग टाडिनु पर्दा मन मुटुमा जलन पैदा हुनेछ । घरजग्गा तथा सवारी साधनको विषयमा विवाद गर्नुपर्ला । राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना नै धेरै हुनेछ । पाईरहेको पद गुम्ने खतरा रहेकोछ ध्यान दिनुहोला ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) साताको सुरु र अन्तको समय राम्रो रहेकोले दाजुभाई तथा छिमेकीसँग मिलेर गरीने व्यापार व्यावसाय फस्टाएर जानेछ । भौतिक सम्पती तथा नगद जुट्नाले लगानी गर्ने सहज वातावरण बन्नेछ । प्रेममा सामिप्यता बढेर जानेछ । उत्कृष्ट नतिजा हात पार्न थोरै समय लगानी नै काफी हुनेछ । छोटो तथा रमाईलो यात्राको तय गर्न सकिनेछ । विवादित विषयको निर्णय तयाईकै पक्षमा हुनेछन् । बुधवार र बिहीवारको समय मध्ययम रहेकोले साथिभाई तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेकोछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ । मन परेको मानिससँग टाडिनु पर्दा मनमा छटपटी र अशान्ति छाउनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त) साता शुभ रहेकोले विलाशी वस्तुको प्रयोग मार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ । राजनीति तथा सामाजिक काममा समय दिनेहरुका लागि पद प्राप्तीको योग रहेकोछ । नयाँ कामको अवसर आउने तथा गरीरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । टाडिएका मित्र तथा आफन्तसँगको भेटले मन प्रशन्न हुनेछ । पुराना कमिकमजोरी हरुलाई सच्याउदै रचनात्मक काम गर्न सकिनेछ । बोलीको प्रभाव बढ्ने तथा बोलेरै धेरै रुपैया पैसा कमाउन सकिनेछ । मेहनेतले प्रतिस्पर्धी हरुलाई जित्न सकिनेछ भने अध्ययनमा सफलता हात पार्न सकिनेछ । सत्रु तथा बैरभाव राख्नेहरु कमजोर हुनेछन् । छोटो दुरिको रमाईलो यात्राको तय गर्न सकिनेछ । लेखन तथा साहित्यको क्षेत्रमा समय लगानी गर्नेहरुका लागी समय फलदायी रहनेछ । लामो दुरिको यात्राको तय गर्न सकिनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) घर परिवार तथा आफन्तको सद्भाव तथा सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । राजनीतिज्ञको लागी समय राम्रो रहेकोछ । कार्यक्षेत्रका प्रभाव बढ्ने तथा बढोत्तरिको योग रहेकोछ । कृषि व्यावासाय, पशुपालन व्यावसायमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । पुराना कमिकमजोरी सुधार्दै नयाँ काममा हात हाल्न सकिनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर आउनेछ । माया प्रेममा रमाईलो गर्दै समय व्यातित हुनेछ । साताको सुरुको समयमा लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको राम्रो योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) साताको सुरु र अन्तको समय राम्रो रहेकोले बिद्यार्थिहरुका लागी आजको समय उत्तम रहेकोले नतीजा आफैतिर ल्याउँन सकिनेछ । आफन्त तथा परिवारका साथ रमाईलो यात्रा गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । व्यापारमा लागानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । आर्थिक पक्ष मजभूत रहनेछ भने आर्थिक बृद्धिका लागी नयाँ अवसरहरु प्राप्त हुनेछन् । प्रणय सम्बन्धमा सुधारको संकेत देखिनेछ । दैनिक समस्याहरु सुल्झाउदै बढ्न सकिनेछ । सोमवार र मंगलवारको समय मध्ययम रहेकोले खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्वन्धी समस्या बढ्न सक्छ ध्यान दिनुहोला । आफ्नै कमजोरीले विवाद तथा प्रतिस्पर्धामा अरुभन्दा पछी परिनेछ । शुभचिन्तक तथा आफन्तलाई बेवास्ता गर्दा दुःख पाईनेछ । मन परेको मानिसबाट टाडिनु पर्दा मन खिन्न हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) साताको सुरु र अन्तको समय राम्रो रहेकोले शिक्षा क्षेत्रसँग सम्वन्धीत व्यावसायबाट केही मात्रामा लाभ लिन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीको सहयोग पाईने हुनाले राम्रा काम गर्न सकिनेछ । पैत्रिक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी वढाउन सकिनेछ । आफन्त तथा घरपरिवारका ईच्छा आकांक्षाहरु पुरा गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागी समय उत्तम रहेकोछ । बुधवार र बिहीवारको समय मध्ययम रहेकोले आम्दानी भन्दा खर्च बढ्नाले आर्थिक अवस्था तथा दैनिकी प्रभावित हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आई खर्च बढ्नेछ । नियम संगत काम नगर्नाले दण्ड तथा जरिवाना तिुर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत आम्दानी बढाउँन सकिनेछ । व्यापारमा दिगो आर्थिक लाभ हुने योजना शुभारम्भ गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय गर्न सकिनेछ । सुखद समाचारले आजको दीन उत्साह पुर्वक बित्नेछ । सहपाठी तथा प्रतिस्पर्धीहरुलाई उछिन्दै बिषेश अवसरमा सहभागी हुने अवसर जुर्नेछ भने मेहनेतले बौद्धिक क्षेत्र फराकिलो हुनेछ । रोकिएका काम बन्ने तथा नयाँ काम सुचारु गर्न सकिनेछ । लामो दुरीको धार्मिक प्रतिष्ठान तथा मन्दीर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारी तथा प्रशासनिक काममा सम्मानजनक उपस्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगती भएर जानेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बौद्धिक तथा सैद्धान्तिक क्षेत्र फराकिलो हुनेछ । माया प्रेममा रमाउँन सकिनेछ भने आफ्ना भावनाहरु साटासाट हुनेछ । सामाजिक तथा परोपकारि काममा मन जानेछ भने धार्मिक नियमको फलो गर्दै नया काम गर्न सकिनेछ । अल्पकालिन तथा दिर्घकालिन योजना बनाई कार्यान्वयन गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहनेछ भने पढाईमा मन जानेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा हुने ग्रहयोग रहकोछ । तरपनि भौतिक सम्पति तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । माया प्रेममा धोका तथा अबिश्वास हुनेछ । खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । साना तिना घरेलु समस्या सुल्झाउदा सुल्झाउदै समय बित्नेछ । आफन्त तथा चेलि माईतिबित मनमुटाब सिर्जना नहोला भन्न सकिन्न ।

प्रकाशित मिति: ३१ श्रावण २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्