आज साउन २८ गते बिहिवारको राशिफल


 


मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । काम गर्ने जोशजाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) स्वादिष्ट भोजन पाइनेछ । बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज रमणीय र सुखद् यात्राको योग छ । नयाँ कामको थालनी हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । प्राविधिक कार्यमा मन पनि जानेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज अनावश्यक यात्रा र वैदेशिक क्षेत्र कमजोर रहनेछ । कार्य सम्पादनमा समस्या आउला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज पुरानो समस्या सुल्झाउन सकिनेछ । शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज कार्यमा बाधा आउनेछ । सरकारी निकायको भय रहला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । यात्रामा मालसामान हराउन सक्छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभकार्यको चर्चा चल्नेछ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । शेयर बजारमा विशेष लाभ मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभकार्यको चर्चा चल्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । नयाँ जिम्मेवारी पाइएला । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कीर्तिमानी काम गर्ने समय छ । चलाखी पूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । प्रेममा मधुरता छाउनेछ । आत्मबल पनि बढ्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रेम र मित्रताको बन्धन कसिनुका साथै वाहन लाभ हुने समय छ । घरमा अतिथिको आगमन हुनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रेममा सफलता पाइनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रकाशित मिति: २८ श्रावण २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्