नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै


 


काठमाडौं, साउन २२
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । बैठक साढे ११ बजे बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बस्ने तय भएको छ ।

बिहीवारदेखि जारी केन्द्रीय कमिटी बैठकमा बिहीवार वरिष्ठ नेता माधवकुमार नेपालले सम्बोधन गरेका दिए । बैठकमा सम्बोधन गर्दै उनले आफु पार्टी एकताकै पक्षमा रहेपनि अध्यक्ष केपी शर्मा ओलीले धोका दिनसक्ने भएकाले याथास्थितिमा ओलीको भर पर्न नसकिने बताएका थिए । उनले एकता प्रयास जारी रहेको पनि जानकारी गराएका थिए ।

त्यस्तै नेता नेपालको पक्षबाट कार्यदल सदस्य भिम रावलले १० बुँदेको सम्बन्धमा बिस्तृत रुपमा व्याख्या गरेका थिए भने अन्य करिब दुई दर्जन केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेको थिए ।

आजको बैठकमा बाँकी रहेका केन्द्रीय सदस्यहरुले समसामयिक विषयमा आफ्नो धारणा राख्ने जनाइएको छ । नेपाल खेमाभित्र १० बुँदे मानेर एकतामा जाने र यथास्थितिमा एकता गर्न नसकिने स्पष्ट दुई धार बनेको छ ।

प्रकाशित मिति: २२ श्रावण २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्