यौन सम्बन्ध राखिरहेकी १५ बर्षीय युवतीको हृदयघातका कारण मृत्यु


 


एजेन्सी, साउन २२
१५ बर्षकी एक युवतीले कारभित्र बूढो पुरुषसंग यौन सम्बन्ध राख्दा हृदयघातबाट मृत्यु भएको छ । ग्याब्रिएली डिक्सन एल्भेस नासिमेन्टोको कारभित्र यौनसम्पर्क गर्दा अगस्ट १ मा मृत्यु भएको हो । प्रहरीले उनको रहस्यमय मृत्यु भएको भन्दै अनुसन्धान गरिरहेको छ ।

द सनमा प्रकाशित रिपोर्टअनुसार ब्राजिलको क्युबाताओ सहरबाट उनलाई अचेत र गुप्तांगबाट रगत बगिरहेको अवस्थामा अस्पताल लगिएको थियो । क्लिनरको काम गर्ने २६ वर्षका पुरुषले उनलाई अस्पताल लगेका थिए । ती पुरुषले पुलिसलाई बताएअनुसार उनीहरु उनको कारमा शारीरिक सम्पर्क गर्दै थिए । यही क्रममा अचानक ग्याब्रिएल्लीको ओठ र छाला पहेंलो भयो र उनका हात लुला भए ।

ब्राजिलमा यौन सहमतिको कानूनी उमेर १४ रहेको छ। समाचारका अनुसार डाक्टरहरुले ती किशोरीलाई कार्डियाक अरेस्ट भएको थाहा पाए तर उनलाई बचाउन सकेनन् । पुलिसले अब पोस्टमार्टम रिपोर्टको प्रतिक्षा गरिरहेको छ । अस्पतालका नर्सहरुले किशोरीको शरीरमा हिंसाको कुनै चिन्ह नभएको बताएका छन् ।

तर, पुलिसले उनको मृत्युलाई शंकास्पद भनेर दर्ता गरेको छ तर ती २६ वर्षका पुरुषलाई कुनै अपराधको अभियोगमा मुद्दा चलाइने देखिएको छैन ।

प्रकाशित मिति: २२ श्रावण २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्