लाेकमानका यी गल्ती, जसले उनी अाेरालाे लागेकाे मृग बने


 


lokmansinghकाठमाडाैं, कार्तिक १३

नेपालीका घरघरमा तिहारकाे राैनक सुरू भएकाे छ । तिहारकाे चर्चा परिचर्चा र यसकाे तयारीमा गाउँसहरका मानिसहरू जुटिसकेका छन् । तर देशमा तिहारकाे चर्चा भन्दा पनि एक मानिसकाे सर्वत्र चर्चा छ । ति चर्चका पात्र हुन्, लाेकमानसिंह कार्की ।

देशमा काे राष्ट्रपति छ, काे प्रधानमन्त्री, मन्त्री, सांसद तथा नेता छ भन्दा पनि लाेकमानसिंह कार्कीकाे चर्चा र परिचर्चाले सबै नागरिक उनका बारेमा सबै कुरा थाहा पाउन सफल भएका छन्, कार्कीकै कारणले । कार्की नै एउटा यस्ताे पात्र बने जाे, देशकाे कार्यकारी प्रमुख भन्दा पनि सर्वाधिक शक्तिशाली र चर्चाका पात्रकाे रूपमा देखा परेर । अाखिर किन ? उत्तर सहज छ ।

कार्की करिब तीन बर्ष अघि अख्तियार प्रमुख बने यतिबेला निलम्बित छन् । याे पनि अाफ्नै कारणले । यसबिचमा चारवटा सरकार बने । खिलराज रेग्मि, सुशिल काेइराला, केपी शर्मा अाेली र पुष्पकमल दाहाल । यी चारवटै सरकार बने र चले पनि कार्कीकाे छुट्टै समानान्तर सरकार बन्याे र उनले चलाएर मात्र देखाएनन् सबैलार्इ धम्काउने र तर्साउने कामले अाफैं निलम्बित बन्न पुगे ।

यसबिचमा उनका दर्जनाैं गल्तिहरू अाैल्याउन थालिएकाे छ भने उनकाे भित्रियाहरू पनि लाेकमानले गल्ति गरेकाे महसुश गर्दे बाेल्न थालेका छन् । लाेकमानले धम्क्याउन र बार्गेनिङ गर्न कुनै क्षेत्र बाँकी राखेनन् ।

राजनीतिक दलका नेता, कर्मचारी, मिडिया, उद्याेगी व्यापारी अादि अादि । कार्कीकाे हर्कतले सबै क्षेत्र अाजित मात्र बनेन, विकास निर्माण चाैपट भएकाे तथ्यहरू सार्वजनिक समेत भए ।

हिजाे कार्कीलार्इ साथ दिदै अाएकाहरू यतिबेला धमाधम बाहिरिदै छन् भने उनका काला कर्तुतहरू सार्वजनिक गर्न थालेका छन् । भनिन्छ अाेरालाे लागेकाे मृगलार्इ बाच्छाले पनि खेद्छ । हाे यही अवस्थामा पुगेका छन् कुनैबेला समानान्तर सरकार चलाएकाे अाराेप लागेकाे निलम्बित अख्तियार प्रमुख लाेकमानसिंह कार्की । लाेकमानसिंह कार्कीकाे सचिवालयमा रहेका एक व्यक्ति जसले लाेकमानमा देखेका कमजाेरीहरू यसरी बाहिर ल्याएका छन् ।

कार्किले गरेका यी हुन् गम्भिर गल्ती

१. लडाकूको फाइल प्रकरण

सर्वोच्च अदालतले आफ्नो मुद्दा अघि बढाएको रीस फेर्न लोकमानले प्रधानमन्त्री प्रचण्ड भारतमा रहेका बेला लडाकूको फाइल खोल्ने काम गरे । लडाकूको फाइल खोलेर अदालतलाई दबावमा राख्न खोजिए पनि त्यसको असर लोकमानका लागि प्रत्युत्पादक बन्न पुग्यो, जुन उनको अदुरदर्शी र आवेगपूर्ण निर्णय थियो । प्रचण्ड भारतीय पाहुना बनिरहेका बेला हतासपूर्ण तरिकाले लडाकूको फाइल खोल्नु प्रत्युत्पादक भयो ।

२. एक महिने विदेश यात्रा

यस बिचमा लाेकमान एक महिना बढी विदेश बसे । अदालतसँग डराएर त्यसरी हतार-हतार विदेशतिर जानु पनि जरुरी थिएन । अदालतको प्रकृया आफ्नो तरिकाले चल्दथ्यो, त्यहाँ मुद्दा चल्दैमा काम गर्न नमिल्ने भन्ने थिएन । विदेशतिर लाग्दा उनले भारत पुगेर षडयन्त्र गर्न लागेको नेताहरुलाई पर्न गयो । विदेशतिर जाँदा उनले उनले आफ्नो प्रतिरक्षाको अवसर गुमाए ।

३. गाेबिन्द केसी प्रकरण

गोविन्द केसीलाई ‘पागल’ भनेर आक्रामक रुपमा बिज्ञप्ति जारी गर्नु गल्ती थियो । लोकमानले गोविन्द केसीको सार्वजनिक छवि कति बलियो छ भन्ने हेक्का राख्न सकेनन् । जसले महाभियाेगकाे याे रूप लिएकाे छ ।

४. एमालेसँग निहु खाेज्नु

विदेश भ्रमणमा गएका बेला लोकमानसिंहले नेपाल फर्केर एमाले नेताहरुलाई भ्रष्टाचार अभियोगमा मुद्दा चलाउने योजना बनाएका थिए । तर, त्यो योजना बिमानस्थलमा आइनपुग्दै चुहियो र एमालेले तत्कालै उनीमाथि एक्सन लियो ।

उनले एमालेका केपी ओलीसहित धेरै शीर्ष नेताहरुलाई पत्र काट्ने गरेर आएका थिए । उनले एक दिन पनि कार्यालय चलाउन पाएको भए त्यो हुने नै थियो । तर, एमाले यसमा चतुर देखियो, उसले बिचमै यो योजना थाहा पाउन सफल भयो र लोकमान बिमानभित्र छिरेपछि उनीबिरुद्ध संसदमा महाअभियोग दर्ता भयो ।

५. भ्रष्टहरूकाे झुण्डमा रमाउनु

लोकमानले आफ्नो सचिवालयमा जति पनि मान्छेहरु राखे, ती अधिकांश भ्रष्टहरु थिए । लोकमानको नाममा सचिवालयका मान्छेहरुले गर्ने गल्तीको भागी पनि लोकमान नै भए । उनीहरुको ध्याउन्न पैसा कमाउनेतिर मात्रै गयो । र, यसले लोकमानलाई थप भ्रष्ट एवं विवादित बनायो । लोकमानले स्वच्छ छविका मानिसहरुबाट काम लिएनन् ।

६. धर्मकाे खेती

लोकमान आफैं पनि हिन्दुराष्ट्रका पक्षपाती हुन् । उनले सार्वजनिकरुपमा आफूलाई गणतन्त्रको पक्षपातीसम्म भन्न हिच्किचाउँछन् । यो अवस्थामा उनी अख्तियार प्रमुखको संवैधानिक जिम्मेवारीलाई समेत बिर्सेर हिन्दु धर्मको पक्षमा भित्री लविङमा उत्रिएका थिए बिचमा । लोकमानले केही नेताहरुलाई भेटेर धर्म निरपेक्षताको प्रावधान हटाई हिन्दु राष्ट्र बनाउने गरी संसदमा संसोधन प्रस्ताव दर्ता गर्न दबाव दिएका थिए । कतै लोकमानले राजतन्त्र फर्काउने भूमिका खेल्न थालेका त होइनन् ? यस्तो आशंका नेताहरुमा पलायो ।

७. तामेलीकाण्डकाे ताण्डव 

सर्वोच्च अदालतमा मुद्दा चलिसकेपछि लोकमान नराम्रोसित आत्तिए । अदालतले पूर्जी काट्दा संवैधानिक निकायको प्रमुखका हिसाबले उनले त्यसलाई सहज रुपमा लिइदिएको भए हुन्थ्यो, तर म्याद तामेली नबुझ्ने र सरकारी कर्मचारीसमेत प्रयोग गरेर गुण्डागर्दी गर्ने काममा लोकमानले भूमिका खेले, जुन उनको ठूलो गल्तीमात्रै थिएन, संविधान र कानूनको समेत बर्खीलापसमेत ठहरियो ।

 

प्रकाशित मिति: १३ कार्तिक २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्