प्रधानमन्त्री त परमादेशले नै बनेको हो, जनताको आदेशले होइन-महन्थ ठाकुर


 


काठमाडौं, साउन ३
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री जनताको आदेशले होइन, सर्वाेच्च अदालतको परमादेशले बनेको बताउनु भएको छ ।

प्रधानमन्त्री त परमादेशले नै बनेको हो जनताको आदेशले होइन’, प्रतिनिधिसभामा बोल्दै ठाकुरले भन्नुभयो । यद्यपी उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताउनुभयो ।

अघिल्लो सरकारले सकारात्मक काम गरेको भन्दै ठाकुरले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिनुभयो ।

प्रकाशित मिति: ३ श्रावण २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्