आज प्रतिनिधिसभाको बैठक बस्दै


 


काठमाडौँ, साउन ३
प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आठौँ अधिवेशनको पहिलो बैठक बेलुका ४ बजेका लागि बोलाइएको छ ।

संसदमा नेकपा एमाले प्रमुख प्रतिपक्षका रुपमा रहने छ । सर्वोच्चको आदेशबाट संसद पुनर्स्थापनासँगै साढे तीन वर्षदेखि सत्तामा रहेका केपी शर्मा ओली सत्ताबाट बाहिरिएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेसँगै एमाले प्रमुख प्रतिपक्षी दल बनेको छ ।

असार २८ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभालाई पुनःस्थापित गर्न परमादेश जारी गरेको थियो ।

आदेश अनुसार संसदको बैठक बस्न लागेको हो । संसदको यही अधिवेशनमा नै प्रधानमन्त्री देउवाले विश्वासको मत लिने छन् । विश्वासको मत नपाएको अवस्थामा संसद विघटन भइ देश चुनावमा जाने छ ।

संघीय संसद सचिवालयले तयार पारेको सम्भावित कार्यसूचिअनुसार आजको बैठकमा अघिल्लो सरकारले ल्याएका केही विधेयकलाई प्रक्रियामा लैजाने छ ।

प्रकाशित मिति: ३ श्रावण २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्