ओलीले घोषणा गरेको निर्वाचन रद्द, बालकोट नपुग्दै आयोगले जारी गर्‍यो अर्को विज्ञप्ति


 


काठमाडौँ, असार ३०
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन तालिका रद्द गरेको छ । गत सोमबारको सर्वोच्च अदालतको फैसलाअनुसार निर्वाचनको कार्यतालिका रद्द गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसअघि तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली सरकारले प्रतिनिधिसभा बिघटन गर्दै सो मितिमा चुनावको घोषणा गरेपछि आयोगले कार्यतालिका सार्वजनिक गरेको थियो ।

‘सम्मानित सर्वोच्च अदालतबाट मिति असार २८ मा भएको आदेश बमोजिम कात्तिक २६ गते शुक्रबारका दिन पहिलो चरणमा र मंसिर ३ गते शुक्रबारका दिन दोस्रो चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को लागि आयोगबाट असार २१ मा स्वीकृत भएको निर्वाचन कार्यतालिका रद्द गर्ने निर्णय भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

२८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि ओली पदमुक्त भएका हुन् । पदमुक्त भएपछि ओली सरकारी निवास छाडेर निजि निवास बालकोट पुगिसकेका छन्।

प्रकाशित मिति: ३० असार २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्