गृहमन्त्रीले गरे पदभार ग्रहण, प्रहरी बढुवा प्रक्रिया छिटो बढाउने अपेक्षा


 


काठमाडौं, असार ३०
नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले पदभार ग्रहण गरेका छन् । बुधबार गृह मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

गृहमन्त्री भएलगत्तै प्रहरीको प्रशासनिक कामको दबाबमा रहेका मन्त्री खाँणले प्रहरीका बढुवा प्रकृया छिटो बढाउने अपेक्षा गरिएको बताइएको छ।

प्रहरीका बढुवा असारभित्र नभए कात्तिकमा मात्र हुने प्रावधान छ । यसबारे मन्त्री खाँणलाई गृहसचिव महेश्वर न्यौपानेले ब्रिफिङ गरिसकेको स्रोतको दाबी छ ।

हाल नेपाल प्रहरीमा डिआइजीका दुई पद र एसएसपीमा पनि तीन भन्दा बढी पद रिक्त रहेका छन्। सशस्त्र प्रहरीमा एसएसपी बढुवाको प्रक्रिया सुरु भइसकेको छ ।

प्रकाशित मिति: ३० असार २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्