एमाले मिलेकोमा राजेन्द्र र रामकुमारीलाई औडाहा
काठमाडौं, असार २८
गएराति नेकपा एमालेलाई एकजुट बनाउन गठित कार्यदलले गरेको १० बुँदे सहमतिलाई लिएर माधव नेपाल निकट केही नेताहरुमा छटपटी देखा परेको छ ।
यसरी सबैभन्दा बढी छटपटी हुनेमा भोजपुरका राजेन्द्र कुमार राई र गुल्मीकी राम कुमारी झाक्री अग्रपंक्तिमा देखा परेका छन् । उनिहरुको छटपटी सामाजिक सञ्जालमा छरपष्ट भएको छ ।
उनिहरु कुनै पनि हालतमा एमालेमा नरहने निष्कर्षमा पुगेको समेत बताईन्छ । राजेन्द्र राईले फेसबुकमा लेखेका छन्,-
प्रबेशीलाई शुभकामना
विद्रोहको आह्वान गरेर देसभरि कार्यकर्ताहरुलाई लडाएर, भिडाएर, विभिन्न कार्यकर्ताको राजनीति समाप्त हुने गरी कारबाही खुवाएर अन्ततः केही साथीहरु वार्ता र सहमतिको नाममा केपी गुटमा प्रवेश गर्ने अन्तिम तयारीमा पुगेछन्, शुभकामना छ
त्यस्तै झांक्री लेख्छिन्,-
१. हाम्रो टिमको केन्द्रीय कमिटीको बैठक बसेर १० बुदे संझौताबारे संस्थागत धारणा आउने छ।
२. स्थायी कमिटीको बैठकमा जानेबारे सामान्य बैठकको कार्यविधि निर्धारण नगरी यो संझौता कार्यान्वयन योग्य हुदैन। बैठक जाने कुरा हुन्न।
३. अदालतमा निवेदकको रूपमा रहेका हामी सांसदहरूले अदालतको निर्णय प्रभावित हुने गरि हस्ताक्षर फिर्ता लिईने छैन। लिने कुरै आउँदैन।
४. भ्रममा नपरौ, स्वागत गर्न हतार नगरौँ। निरास पनि नबनौँ। राजनिती हो यसले बाटो लिन्छ। उज्यालो पहिल्याउन सकिन्छ।
प्रकाशित मिति: २८ असार २०७८, सोमबार