‘हस्ताक्षर फिर्ता हुँदैन’


 


काठमाडौं, असार २६
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा भएको हस्ताक्षर फिर्ता नहुने बताएका छन् । नेता नेपालले एक अनलाइन पोर्टलसँग कुराकानी गर्दै भनेका छन्, ‘हस्ताक्षर फिर्ता हुँदैन । अदालतको निर्णयलाई प्रभावित गर्न पाइँदैन ।’

एमाले विवाद समाधान गर्न गठित कार्यदलले वार्ता निष्कर्षमा पुगेको बताइरहेको अवस्थामा नेपालको यस्तो भनाइ आएको हो । अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि देउवालाई समर्थन गरेको हस्ताक्षर फिर्ता हुन पर्ने अडान राख्दै आएका छन् ।

तर, नेता नेपालले सहमतिमा बेइमानी र धोकाधडी नहने बताएका छन् । उनले भने, ‘पार्टी एकताको लागि सहमति हुनसक्छ । तर विगतमा भएको सहमतिबाट पछि हट्न सकिँदैन । मेरो बटमलाइन यही हो ।’ उनले अरूलाई धोका दिएर कुनै सहमति नहुने समेत बताएका छन् ।

हस्ताक्षर फिर्ता लिएमा प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता हुनुपर्ने अडान नेपाल पक्षको छ । दुवै पक्षलाई मान्य हुनेगरी बीचको बाटो खोज्ने प्रयास कार्यदलले गर्दै आएको छ ।

प्रकाशित मिति: २६ असार २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्