मध्यावधि निर्वाचन : असार ३१ गते देखि साउन १५ गतेसम्म दल दर्ताको आह्वान


 


काठमाडाैं, असार २१
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

कार्यतालिकामा निर्वाचन आयोगले राजनीतिक दल दर्ताका लागि असार ३१ देखि साउन १५ गतेसम्मको मिति तोकेको छ ।

सरकारले संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेको थियो ।

​आयोगले राजनीतिक दलहरुलाई स्वीकृति प्रदान गरिएको सूची साउन १६ गते देखि २३ गतेसम्म राजपत्रमा प्रकाशित गर्ने जनाएको छ ।

प्रकाशित मिति: २१ असार २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्