‘फरक खोप लगाउँदा प्रभावकारी हुन्छ भन्ने आधार छैन’


 


काठमाडौं, असार १०
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोरोना भाइरस विरुद्धको पहिलो मात्रा ‘एस्ट्राजेनेका (कोभिसिल्ड) खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने आधार पुष्टि नभएको जनाएको छ।

पहिलो मात्रा ‘एस्ट्राजेनेका’ खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने भन्ने गलत समाचारप्रति डब्लुएचओ ध्यानआकर्षण गराउन चाहन्छु, डब्लुएचओले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

डब्लुएचओले यस किसिमको कुनै पनि बयान जारी नगरेको र यो झूटो आरोप भएको विज्ञप्तिमा भनिएको छ । यस किसिमका गलत सूचनाले जनताको स्वास्थ्यमा गम्भीर परिणाम निम्त्याउन सक्नेमा उसले चिन्ता व्यक्त गरेको छ । डब्लुएचओले दुई भिन्न किसिमका खोप लगाउँदाको प्रभावकारिताका बारे सीमित तथ्याङ्क मात्र उपलब्ध भएको जनाएको छ।

विज्ञप्तिमा भिन्न किसिमका खोपको प्रयोग र प्रभावकारिताका विषयमा अध्ययनहरु भइरहेको र एस्ट्राजेनेका (कोभिसिल्ड) खोपको साटो (दोस्रो मात्रा) भेरोसेल खोप लगाउन मिल्छ भन्ने निष्र्कषमा पुग्नका लागि पर्याप्त वैज्ञानिक प्रमाण आवश्यक रहेको जनाएको छ।

प्रकाशित मिति: १० असार २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्