नेप्सेमा दुई अङ्कको सुधार


 


काठमाडौँ, कार्तिक १०

मङ्गलबार दोहोरो अङ्कले झरेको नेप्से आज २.४६ अङ्कले माथि उक्लिएको छ । होटल, फाइनान्स, बिमा र अन्य समूहको परिसूचक उकालो लागेको छ भने बाणिज्य बैंक, विकास बैंक, जलविद्युत् समूहको परिसूचक ओरालो लागेको छ ।

सबैभन्दा बढी बिमा समूहको परिसूचकमा १०५ अङ्कले बढेकाले समग्र नेप्सेमा सुधार आएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । जलविद्युत् आधा र विकास बैंक ६.३९ अङ्कले ओरालो लागेको छ ।

बुधबार दिनभर १३० कम्पनीको रु ८१ करोड ८२ लाख सेयर कारोबार भएको छ । सबैभन्दा बढी शिखर इन्स्योरेन्सको छ करोड ३७ कित्ता अर्थात् रु छ करोड २० लाख सेयर किनबेच भएको छ ।

प्रकाशित मिति: १० कार्तिक २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्