बासिखोरामा अस्थायी प्रहरी चौकी स्थापना


 


भोजपुर, जेठ २७
भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नं ७ बासिखोरामा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । बुधबारदेखि प्रहरी सहायक निरीक्षक कमाण्डमा रहने गरी नयाँ अस्थाई प्रहरी चौकी स्थापना भइ कार्य सन्चालन आरम्भ गरिएको हो ।

यो ठाउँमा प्रहरी चौकीको आवश्यकता भएको भन्दै यसको पहल समाजसेवी पारुहाङ राईले पहल कदमी गर्दै आउनु भएको थियो ।

यहाँ प्रहरी चौकी नहुँदा समस्या भएको भन्दै स्थानीयले प्रहरी चौकीको माग राख्दै आएका थिए । प्रहरी चौकी स्थापना भएपछि यो क्षेत्रका स्थानीय खुसी भएको वडाध्यक्ष सूर्यबहादुर राईले बताउनुभयो ।

यो ठाउँ २००७ सालका प्रजातान्त्रिक नायक जननायक रामप्रसाद राइको जन्मस्थल समेत हो । उहाँकै सम्मानमा यो गाउँपालिकाको नाम समेत रामप्रसादराई गाउँपालिका राखिएको छ ।

प्रकाशित मिति: २७ जेष्ठ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्