यी हुन एमाले मिल्न नदिने माधव समुहका अतिवादी नेताहरु (सूचीसहित)
काठमाडौं, जेठ २६
एमाले नेता गोकर्ण बिष्टले पार्टीभित्रको अतिवादी समुहले एमालेलाई मिल्न नदिने प्रयत्न गरिरहेको बताउनु भएको छ ।
एमाले मिल्न नदिने अतिवादी नेताको सूचीमा माधव नेपाल नै पहिलो नम्बरमा पर्नुहुन्छ । उहाँका अनुसार गोकर्णले भनेकै शब्द प्रयोग गर्ने हो भने नेपाल समूहको पहिलो अतिवादी व्यक्ति माधव नेपाल नै हो ।
स्रोतका अनुसार माधव नेपाल जुनसुकै हालतमा एमालेलाई टुक्र्याएर नयाँ पार्टी बनाउने र माओवादीमा बिलय गराउने अभियानमा हुनुहुन्छ । नेपाल समूहमा पार्टी फुटाएरै जानुपर्छ भन्ने अडानमा अर्का नेता झलनाथ खनाल र भीम रावल पनि हुनुहुन्छ ।
नेपाल समुहमा स्थायी कमिटी सदस्य खनाल, नेपाल, रावलसहित अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रघुजी पन्त, मुकुन्द न्यौपाने र बेदुराम भूसाल पनि बिभाजन र माओवादीमा बिलयको पक्षमा हुनुहुन्छ ।
यसैगरी अमृतकुमार बोहरा, रामकुमारी झाँक्री, राजेन्द्र राई, विजय पौडेल, जगन्नाथ खतिवडा, प्रकाश ज्वाला पनि बिभाजनको पक्षमा लागेर अतिवादीको सूचीमा पर्नुभएको छ ।
प्रकाशित मिति: २६ जेष्ठ २०७८, बुधबार