एमाले एकताका बाधक ओली, नेपाल र खनाल भएको योगेश भट्टराईको आरोप


 


काठमाडौं, जेठ २६
नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकताको बाधक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, माधव नेपाल र झलनाथ खनाल भएको आरोप लगाएका छन् ।

ओली, नेपाल र खनालले एक अर्काको अस्तित्व स्विकार्न नसक्दा एमाले पार्टी एकतामा समस्या आएको बताए । आफ्नै पार्टीका नेताहरुसँग सहकार्य र छलफल गर्न तयार नहुने तर अन्य दलका नेताहरुसँग कुम जोडेर हिड्ने मनोवृत्तिले पार्टी एकता हुन नसकेको भट्टराईको आरोप छ ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले ओलीले राजेन्द्र महतो र महन्थ ठाकुरसँग सहकार्य गर्न हुने तर आफ्नै पार्टीका नेता नेपाल र खनालसित नहुने हुँदा समस्या बढ्दै गएको बताए ।

नेपाल र खनालले पनि शेरबहादुर देउवा, पुष्पकमल दाहाल र उपेन्द्र यादवसँग सत्ता साझेदारीलगायत बिषयमा गठबन्धन गर्न तयार भएका कारण पार्टी एकता हुन नसकेको उनले बताए ।

प्रकाशित मिति: २६ जेष्ठ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्