आज जेठ २४ गते सोमवारको राशिफल


 


मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सरकारी निकायको भय र राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यप्रति पनि सजग रहनु होला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । बौद्धिक विकास होला । धार्मिक यात्राको योग छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्यमा समस्या आउन सक्छ सचेत रहनुहोला । कुनै कुराले चित्त पनि दुख्न सक्छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज बन्धु बान्धवबाट सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । परोपकारमा रुचि बढ्नेछ, तर आज झुट बोल्न बाध्य पनि भाईएला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) समाजसेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शत्रु पराजित हुनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आँटेको र ताकेको कार्य पुरा होला । नयाँ कार्यको योजना बन्नेछ । अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । छोटो यात्राको योग पनि छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । आकस्मिक धन लाभ हुनेछ । प्रेमीको साथ र सहयोग पाइनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज बन्धुबान्धवबाट सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अधुरो काम पूरा हुनेछ । पुनर्मिलनको योग रहेको छ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) जोश जाँगर र हिम्मत बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । शैक्षिक क्षेत्रबाट सफलता मिल्ला , तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज सामाजिक कार्यमा मन जाला । मनपरेको खानेकुराका परिकार खान पाइनेछ । आत्मबल बढाएर काम गरेमा बढी सफलता ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज कूटनीतिक नियोगको सहयोग मिल्ला । आफूले गरेको कार्यमा सफलता पाइनेछ, शेयर बजारबाट पनि राम्रै लाभ मिल्न सक्छ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रकाशित मिति: २४ जेष्ठ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्