माधव नेपाल सहित ११ जनालाई साधारण सदस्य समेत नरहने गरी कारबाही
काठमाडौं, जेठ १०
नेकपा (एमाले) ले माधव नेपाल सहित ११ जना नेताहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।
आज बसेको एमालेको स्थायी कमिटी बैठकले केही दिन अघि स्पष्टीकरण सोधिएका ११ नेताहरुलाई कारबाही गरिएको हो ।
एमालेले माधवकुमार नेपाल, झलनाथ खनाल, भीमवहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी र कल्याणीकुमारी खड्कालाई पार्टीविरूद्द गतिविधि गरेकोमा सोधिएको स्पष्टीकरण चित्त बुझ्दो नदिएकाले पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको जनाएको छ ।
प्रकाशित मिति: १० जेष्ठ २०७८, सोमबार