केबलकार खस्दा १४ को मृत्यु


 


एजेन्सी, जेठ १०
इटालीमा आइतबार एउटा केबलकार खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाँच इजरायली नागरिक छन्।

इटालीको लेक मागिओएरबाट नजिकैको पहाडको टुप्पोमा पुग्ने केबलकार दुर्घटनामा परेको हो।

स्ट्रेसा मोत्तारोन केबलकारले विदेशी पर्यटक र स्थानीयलाई समुद्र सतहदेखि १४ सय मिटर उचाइमा रहेको मोत्तारोन पहाडको चुचुरोमा पुर्‍याउँछ। लेक मागिओएरबाट चुचुरोमा पुग्न २० मिनेट लाग्छ।

इटालीका प्रधानमन्त्री मारियो ड्राघीले पीडितका परिवारप्रति समवेदना प्रकट गरेका छन्। पहाडको चुचुरोतिर गइरहेको केबलकार २० मिटर तल जमिनमा खसेको थियो। भिरालो जमिन भएकाले केबलकार गुड्दै रूखमा अड्किएको थियो।

सन् १९७० बनेको यो केबलकार गत वर्ष कोरोनाभाइरसको महामारीका कारण लामो समय बन्द भएर केही महिनाअघि मात्रै फेरि सञ्चालनमा आएको हो ।

प्रकाशित मिति: १० जेष्ठ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्