यी हुन् माधव नेपालका ५ अक्षम्य अपराध
काठमाडौं, जेठ ८
नेकपा एमालेका केन्द्रीय सदस्य एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले माधव कुमार नेपालले पाँच अक्षम्य अपराध गरेको बताउनु भएको छ । नेता थापाले सामाजिक सञ्जालमा लेख्दै माधव नेपालले गरेका पाँच अपराधलाई सूची सहित सार्वजनिक गर्नुभएको छ ।
नेकपा एमालेको नेतृत्वमा रहेको सरकार ढालेर जनमत विपरित नेपाली काँग्रेसको गठबन्धनमा सामेल हुन र जनतालाई घात गर्न नेपालले गरेका अपराधहरूको भ्रत्सना गर्न समेत उहाँले अपील गर्नु भएको छ ।
यस्तो छ थापाले देख्नु भएको नेपालका अपराध
१. कर्णाली प्रदेशमा फ्लोर क्रसको निर्देशन, मुख्यमन्त्री बन्ने निश्चितताको अन्त्य र प्रचण्डको हितमा सहयोग ।
२. लुम्बिनी प्रदेशमा मुख्यमन्त्री विरूद्द गठबन्धन निर्माणमा गोप्य साँठगाँठ, विमला ओलीलाई माकेमा प्रवेश गराउन तथा दृगराज पाण्डे र अमरबहादुर डाँगीको बिक्री तथा रहस्यमय राजिनामाको लागि गुप्त निर्देशन ।
३. प्रतिनिधिसभामा आफ्नै पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले विश्वासको मत लिने दिन आफूसहित २८ सांसदलाई अनुपस्थित हुन विपक्षीहरूसँग साँठगाँठ ।
४.वागमति प्रदेशमा पार्टीका उम्मेदवार रामबहादुर थापालाई पराजित गर्न स्वतन्त्र उम्मेदवारी, निर्देशन उल्लंघन र नग्न गुटबन्दी तथा षड्यन्त्रका साथ पार्टी विरोधी व्यक्तिलाई मतदान ।
५. नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन जालसाजी, कृत्ये र हस्ताक्षर दुरूपयोग गरी २७ जना सांसदको साथ रहेको कथित लिखित फर्जी समर्थन, राष्ट्रपति कार्यालयमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल र उपेन्द्र यादवसँगै चौथो वरियतामा उपस्थित ।
प्रकाशित मिति: ८ जेष्ठ २०७८, शनिबार