यी हुन् बादललाई हराउने एमाले सांसद, कारबाही प्रक्रिया शुरु (सूचीसहित)


 


काठमाडौं, जेठ ८
राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा नेकपा एमालेको आधिकारिक उम्मेदवारलाई असहयोग गरी पार्टी निर्देशन विपरीत काम गरेको भन्दै बागमती प्रदेशसभाका १४ सांसदलाई स्पष्टीकरण सोधिएको छ ।

शनिबार बसेको बागमती प्रदेश संसदीय बोर्डको बैठकले पार्टी निर्देशन विपरीत कार्य गरेको भन्दै एमालेको माधव नेपाल समूहका १४ जना सांसदलाई स्पष्टीकरण सोधिएको हो । उनीहरूलाई आइतबार साँझ ५ बजेसम्ममा जवाफ दिन समय दिइएको एमाले बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलाले जानकारी दिनुभयो ।

१.अष्टलक्ष्मी शाक्य
२. राजेन्द्र पाण्डे
३. अरुण नेपाल
४. रचना खड्का
५. कुसुमकुमार कार्की
६.बसुन्धरा हुमागाईं
७. मुनु सिग्देल
८. इन्द्रमाया गुरुङ
९. कृष्णप्रसाद खनाल
१०. बसन्तप्रसाद मानन्धर
११. शान्तिराम पौडेल
१२. मिना ज्ञवाली
१३ पार्वती सिलवाल
१४.लक्ष्मण लम्साल

प्रकाशित मिति: ८ जेष्ठ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्