रविन्द्र मिश्र भन्छन् – कांग्रेस र माओवादीले अनगिन्ती भ्रष्टचार गरे


 


काठमाडौं, जेठ ८
विवेकशिल साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले नेपाली कांग्रेस र माओवादी केन्द्रले अनगिन्तिी भ्रष्टचार गरेको आरोप लगाउनु भएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो आरोप लगाउनु भएको हो ।

उहाँले फेसबुकमा लेख्नु भएको छ, हामी सबै प्रधानमन्त्री र राष्ट्रपतिको हर्कतविरूद्ध खनिएका छौँ । हाम्रो संझना शक्तिको डोरी छोटो छ । हामी के नबिर्सौँ भने नेपाली कांग्रेस र माओवादी मिलेर कुनैबेला सुशीला कार्कीजस्ती न्यायकी प्रतिमुर्तीविरुद्ध समेत महाअभियोग दर्ता गरेका थिए ।

र, तीनले अनगिन्ती भ्रष्टाचार, अख्तियारको दुरुपयोग र गैर(कानूनी काम गरेका छन् । अहिले पनि यिनले झण्डै ३ महिनाको समय पाउँदा समेत सरकार बनाउन सकेनन् । अहिलेको स्थितिका लागि यी कम जिम्मेवार छैनन् ।

प्रकाशित मिति: ८ जेष्ठ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्