प्रतिनिधि सभा भंग, कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव


 



काठमाडौं, जेठ ८
मध्यराति बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधि सभा भंग गर्न र मध्यावधि चुनाव गर्न सिफारिस गरेको छ ।

संविधानको धारा ७६९५० अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परेको दुबै दाबीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरे लगतै प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएर यस्तो निर्णय गरेका हुन् ।

बैठकले कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभा निर्वाचनका लागि  सिफारिस गरिएको एक मन्त्रीले बताए ।

प्रधानमन्त्री नियुक्तिका लागि परेको दुबै दाबीलाई राष्ट्रपति भण्डारीले अस्वीकार गरे लगतै मध्यावधि निर्वाचनको बाटो खुला भएको हो।

प्रकाशित मिति: ७ जेष्ठ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्