भारतमा लगातार सातौँ दिन नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी, तर ३८७६ ले ज्यान गुमाए


 


एजेन्सी, जेठ ६ 
भारतमा कोरोना संक्रमित घट्ने क्रम जारी रहेको छ । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ७६ हजार ५९ नयाँ संक्रमित थपिएका छन् ।

यही अवधिमा ३ लाख ६८ हजार ७८८ जना निको भए भने ३ हजार ८७६ जनाले ज्यान गुमाए ।

लगातार सातौँ दिन नयाँ संक्रमितभन्दा निको हुनेको आँकडा बढी रहेको छ । बुधबार सक्रिय संक्रमितको संख्या ९६ हजार ६४७ जनाले कम भयो ।

हाल भारतमा ३१ लाख २५ हजार १४० जना सक्रिय संक्रमित रहेका छन् । ११ दिन अघि ९ मेमा यो संख्या सबैभन्दा उच्च ३७.४१ लाख पुगेको थियो ।

यस्तो छ तथ्यांक
२४ घण्टामा नयाँ संक्रमित : २.७६ लाख

२४ घण्टामा निको भएका : ३.६८ लाख

२४ घण्टामा मृत्यु : ३,८७६

हालसम्मका संक्रमित : २.५७ करोड

हालसम्म निको भएका : २.२३ करोड

कूल मृत्यु : २.८७ लाख

सक्रिय संक्रमित : ३१.२५ लाख

प्रकाशित मिति: ६ जेष्ठ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्