मन्त्रिपरिषद् बैठक बस्दै


 


काठमाडौं, जेठ ६
बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । एमाले स्थायी समिति बैठक सकिएपछि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने बताइएको छ।

बैठकमा बजेट अधिवेशन बोलाउने, प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वासको मत लिने लगायतका विषयमा छलफल हुने एक मन्त्रीले बताए ।

प्रधानमन्त्री केपी ओलीले बजेट अघिनै विश्वासको मत लिने तयारी गरेको बालुवाटार स्रोतको भनाइ छ । प्रधानमन्त्री ओलीले बालुवाटारमै पार्टी स्थायी समिति बैठक २ बजेका लागि बोलाएका छन् ।

प्रकाशित मिति: ६ जेष्ठ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्