भारतमा कोरोनाबाट एकैदिन ४ हजार ५२५ को मृत्यु


 


एजेन्सी, जेठ ५
भारतमा कोरोना भाइरसको सङ्क्रमणबाट एकैदिन चार हजार पाँच सय २५ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसबाट एकै दिन ज्यान गुमाएको यो कुनै पनि देशको सबैभन्दा धेरै हो । यस अघि गएको जनवरी १२ तारिखमा अमेरिकामा चार हजार चार सय ६८ जनाले ज्यान गुमाएका थिए ।

यस्तै ब्राजिलमा अप्रिल ६ तारिखमा चार हजार दुई सय ११ जनाको ज्यान गएको थियो । भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या भने घटिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ८३ हजार दुई सय ७६ जनामा सङ्क्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्ययमहरुले जनाएका छन् ।

एकै दिन चार लाखभन्दा बढी सङ्क्रमित थपिन थालेको भारतमा केही दिनदेखि सङ्क्रमित घट्न थालेका छन् ।

प्रकाशित मिति: ५ जेष्ठ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्