सनराइज बैंकले ३३ प्रतिशत बाेनय सेयर दिने, ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने
काठमाडौँ, कार्तिक ८
सनराइज बैंकको नवौँ साधारणसभाले गत आर्थिक बर्षको नाफाबाट ३३.३३ प्रतिशत बोनस सेयर दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ । आइतबार सम्पन्न सभाले बोनस सेयर जारी पश्चात कायम हुने चुक्ता पुँजीमा ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय समेत गरेको छ।
त्यस पश्चात बैंकको पुँजी सात अर्ब रुपैयाँ पुग्नेछ। चालु आर्थिक बर्षको नाफाबाट वोनस सेयर दिएर आठ अर्ब पुँजी पुर्याउने बैंकले जनाएको छ।
प्रकाशित मिति: ८ कार्तिक २०७३, सोमबार