ओलीको विकल्पमा देउवा कि ठाकुर ? यसरी बन्नसक्छ बहुमतको सरकार


 



काठमाडौं, वैशाख २९्
प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा जनता समाजबादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन सकिनेबारे छलफल अगाडि बढाइएको छ । ठाकुरलाई प्रधानमन्त्री बनाएर भएपनि ओलीको विकल्प खोज्नुपर्नेमा प्रतिपक्षी दल छलफलमा जुटेका हुन् ।

यस विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र माओबादी केन्द्रका नेताहरु लबिङमा लागेका छन् । काँग्रेस नेता डा. शेखर कोइरालाले महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर भएपनि ओलीको विकल्प खोज्नुपर्ने प्रस्ताव गरेका हुन् । उनको प्रस्तावमा माओवादीका केही नेताहरुले पनि यसबारे छलफल बढाएका छन् ।

जसपाका केन्द्रीय अध्यक्ष बाबुराम भट्टराईले पनि बर्तमान र पूर्वप्रधानमन्त्रीबाहेकको नेतृत्वमा बहुमतको सरकार बनाउनुपर्ने धारणा सार्वजनिक गरिसकेका छन् ।

तर, प्रधानमन्त्रीको दौडमा रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले यसमा सकारात्मक जवाफ दिएका छैनन् । उनी ओलीको विकल्पमा आफूनै प्रधानमन्त्री बन्ने दौडमा अगाडिदेखि नै लागिरहेका छन् ।

अर्कोतर्फ जसपा अध्यक्ष ठाकुरले भने यसअघिनै ओलीको विकल्पमा बहुमतको गठनमा सहभागी नहुने बताएका थिए । उनको नेतृत्वमा सरकार बनाउन पहल भए उनी

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव गठबन्धको पक्षमा उभिएका छन् । तर, उनले बहुमतको सरकार गठनका लागि सांसद संख्या पुर्याउन नसक्ने देखिएको छ ।

यसका लागि जसपाभित्र सत्ता समिकरणका लागि एकमत आवश्यक छ । त्यसका लागि महन्थ ठाकुरलाई मनाउनुपर्ने अवस्था छ । उनलाई मनाउने प्रयास भएपनि टसमस भएका छैनन् ।

महन्थलाई प्रधानमन्त्री बनाउन देउवा र प्रचण्ड सहमत भए कुरा मिल्न सक्ने देखिएको छ । त्यस्तो अवस्थामा जसपाका ३२ सांसद नै बहुमतको सरकार गठनको पक्षमा उभिन सक्छन् ।

काँग्रेसको ६१ र माओवादीको ४९ सांसद जसपाको सांसद संख्यासँग जोडिदा १४२ भई बहुमत पुग्छ । कुल सदस्य संख्या २७५ मध्ये ४ सिट खाली र ४ सिट निलम्बितपछिको जम्मा २६७ मा १४२ बहुमत संख्या हो ।

प्रकाशित मिति: २९ बैशाख २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्