प्रधानमन्त्री ओली पदमुक्त, पाएनन् विश्वासको मत


 


काठमाडौं, वैशाख २७
प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री ओली पदमुक्त भएका हुन् । प्रधानमन्त्री स्वतः पदमुक्त भएसँगै कम्युनिष्ट पार्टीको सरकार ढलेको छ ।

प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत पुस्ट्याइँका लागि भएको मतदानमा हुन्छ भन्ने पक्षमा ९३ मत मात्रै पाए । प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत गर्न आवश्यक हुन्थ्यो । प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा १२४ मत खसेको छ ।

सोमबार प्रतिनिधिसभामा भएको मतदानमा २३२ सांसदहरु सहभागी थिए । तीमध्ये १५ सांसदहरु तटस्थ बसेका थिए । एमालेको माधव नेपाल पक्षका सांसद अनुपस्थित रहे । त्यस्तै राप्रपा सांसद राजेन्द्र लिङ्देन पनि अनुपस्थित भएका थिए ।

प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेकाले सोही प्रयोजनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारका लागि संसदको विशेष अधिवेशन बोलाएकी हुन् ।

प्रकाशित मिति: २७ बैशाख २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्