देउवा र प्रचण्डबीच छलफल


 


काठमाडौं, वैशाख २७
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ ।

प्रतिनिधिसभाको विशेष अधिवेशन शुरू हुनु केहीबेर अघि मात्र उनीहरुबीच छलफल भएको हो।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आजको संसद बैठक र पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको स्रोतको भनाइ छ ।

छलफलमा प्रचण्डसँग माओबादीका नेता बर्षमान पुन र देउवासँग नेता बालकृष्ण खाँणको पनि सहभागिता रहेको स्रोतले जानकारी दिएको छ।

प्रकाशित मिति: २७ बैशाख २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्