विश्वासको मत नपाए पनि प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : नेम्वाङ


 



काठमाडौं, वैशाख २७
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाए पनि राजीनामा नदिने बताएका छन् ।

उनले विभिन्न सञ्चार माध्यममा चर्चा गरिएजस्तो विश्वासको मत नपाए राजीनामा दिने कुरा सत्य नभएको दाबी गरे । ‘विभिन्न सञ्चार माध्यममा प्रधानमन्त्रीले राजीनामा गर्नुहुन्छ भनेर लेखेको देख्छु तर यो गलत सावित हुन्छm’ उनले भने, ’बहुमत प्राप्त भएन भने पनि प्रधानमन्त्री संविधान बमोजिम अगाडि बढ्नुहुन्छ ।’

संसदमा आज बहुमत प्राप्त नहुँदा दुई वा सो भन्दा बढी दलको सरकार बन्ने प्रक्रिया अघि बढ्छ । त्यस्तो अवस्था नदेखिएकोले सवैभन्दा ठूलो दलको अध्यक्ष र संसदीय दलको नेताको हैसियतले केपी शर्मा ओलीलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने तयारी छ ।

‘विश्वासको मत प्राप्त नभए पनि प्रधानमन्त्रीले राजीनामा गर्नुहुन्न । राजिनामा गर्नुपर्ने संविधानमा व्यवस्था छैन,’ नेम्वाङले भने, ‘विश्वासको मत प्राप्त भएन भने प्रधानमन्त्रीको पद रिक्त हुन्छ । संविधानमा अर्को प्रधानमन्त्री नआएसम्म त्यही प्रधानमन्त्रीले सरकारको काम गर्नुहुन्छ भन्ने व्यवस्था छ ।’

प्रकाशित मिति: २७ बैशाख २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्