नेपाल–खनाल र ओली पक्षबीचको बार्ता निश्कर्षबिहीन, भएन ठोस सहमति


 



काठमाडौं, वैशाख २६
नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल र प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पक्षबीचको वार्ता निश्कर्षबिहीन बनेको छ ।

ओली निकट नेताहरु विष्णुप्रसाद पौडेल र सुवास नेम्वाङले वरिष्ठ नेता नेपाललाई भेटेर वार्ता गरेका थिए । भेटपछि प्रतिक्रिया दिँदै नेता नेम्वाङले छलफलमा कुनै ठोस सहमति नभएको र प्रयास जारी रहेको बताए ।

उनले अध्यक्ष ओली र नेता नेपालबीच आजै वा भोलि विहान पनि वार्ता हुने सम्भावना रहेको बताए । पौडेल र नेम्वाङपछि माधव पक्षका सांसदहरू आन्तरिक बैठकमा बसेका छन्।

प्रकाशित मिति: २६ बैशाख २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्