गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा
पोखरा, वैशाख २६
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् ।
प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् ।
एमाले प्रमुख सचेतक मायानाथ अधिकारीका अनुसार उनको राजीनामा प्रदेश प्रमुखले स्वीकृत समेत भइसकेको छ ।
प्रकाशित मिति: २६ बैशाख २०७८, आइतबार