ओलीलाई विश्वासको मत नदिने जसपाको निर्णय


 


काठमाडौं, वैशाख २६
प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनता समाजवादी पार्टी (जसपा)ले विश्वासको मत नदिने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा ओलीलाई भेटेर जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले आफुहरुले विश्वासको मत नदिने बताएका हुन्।

आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवासँग झन्डै डेढ घन्टा कुराकानी गरेपश्चात् ठाकुर र महतोले प्रधानमन्त्री ओलीलाई भेटेर आफ्ना माग सम्बोधन नभएको भन्दै विश्वासको मत नदिने बताएका हुन्।

प्रधानमन्त्री ओलीलाई आफ्ना नेता तथा कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता के हुँदैछ भन्ने ठाकुर र महतोको प्रश्नमा प्रधानमन्त्री ओलीले कतिपय मुद्दा अदालतको अनुमतिमा गर्नुपर्ने खालका रहेकाले प्रक्रियामा रहेको बताएका थिए।

यस्तै, प्रधानमन्त्री ओलीले अध्यक्ष ठाकुर र महतोलाई विश्वासको मतबारे कुरा के हो भनेर सोध्दा उनीहरुले आफूहरुको माग सम्बोधन नभएको बताउदै विश्वासको मत नदिने र आफूहरु तटस्थ बस्ने बताएको बालुवाटार स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि भोलि विशेष अधिवेशन बोलाइएको छ । प्रधानमन्त्री ओलीको दल एमालेका १२१ सांसद छन् । विश्वासको मत पाउन १३६ मत चाहिन्छ ।

प्रकाशित मिति: २६ बैशाख २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्