आन्तरिक रणनीतिमा काँग्रेस, बोलाइयो दलको बैठक


 



काठमाडौं, वैशाख २५
एमाले विभाजन रोक्न प्रयास भइरहेका बेला नेपाली काँग्रेस आन्तरिक रणनीतिमा सक्रिय भएको छ ।

एमालेको असन्तुष्ट पक्ष माधव नेपाल समूहलाई साथमा लिएर प्रधानमन्त्रीलाई सत्ताच्यूत गर्ने रणनीतिमा काँग्रेस लागेको छ । आन्तरिक रणनीति स्वरुप आज काँग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ ।

प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिन प्रतिनिधिसभा अधिवेशन आह्वान गरेपछि राजनीतिक घटनाक्रम तीव्र रुपमा विकास भएका छन् ।

प्रकाशित मिति: २५ बैशाख २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्