प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक, के होला निर्णय ?
काठमाडौं, वैशाख २५
प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सामान्यतया सोमबार र बिहीबार नियमित बैठक बस्ने गर्छ ।
तर शनिबार आकस्मिक रुपमा बैठक बोलाइएको हो । बैठक कुन विषयमा केन्द्रीत हुनेछ भन्ने सार्वजनिक गरिएको छैन ।
ओलीले आइतबार संवैधानिक परिषद्को बैठक पनि डाकेका छन् । बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा भने नजाने बताइएको छ ।
तर संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी भइसकेकाले बहुमत सदस्य उपस्थित भएर निर्णय गर्न सक्नेछन् ।
प्रकाशित मिति: २५ बैशाख २०७८, शनिबार