बिल गेट्स र पत्नी मेलिन्डा गेट्सबीच सम्बन्ध विच्छेद


 



एजेन्सी
माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सबीच सम्बन्ध विच्छेद भएको छ । 

बिल गेट्सले सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै आफुहरुको २७ वर्षको वैवाहिक सम्बन्ध तोडिएको जानकारी दिएका हुन् ।

बिल गेट्स र मेलिन्डा गेट्सबिचको संयुक्त वयान ट्वीटरमा सार्वजनिक गरेका छन् ।

वयानमा लेखिएको छ, ‘धेरै सोचविचार गरेर हामीले आफ्नो वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने निर्णय गरेका छौं ।’

सम्बन्ध विच्छेद गरे पनि उनीहरु दुवै मिलेर चलाउँदै आएका बिल एण्ड मिलिण्डा गेट्स फाउन्डेसन लागि भने अझै पनि मिलेर काम गर्ने उनीहरुले जानकारी दिएका छन् ।

प्रकाशित मिति: २१ बैशाख २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्