जसपाले संसदीय दलको नेता चुन्दै, यादव र ठाकुरबीच प्रतिस्पर्धा हुने सम्भावना


 



काठमाडौं, वैशाख २०
जनता समाजबादी पार्टी (जसपा)ले मंगलबार संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ । दलको नेताका लागि उपेन्द्र यादव र महन्थ ठाकुरको प्रतिस्पर्धा हुने सम्भावना छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने कि विस्थापन गर्ने भन्नेबारे दुई धार देखिएको अवस्थामा नेता चयन गरिदैछ । ठाकुर ओलीलाई साथ दिने पक्षमा छन् भने यादव विपक्षमा छन् ।

जसपाको संसदीय दलमा यसअघि उपेन्द्र यादवको पकड रहेको थियो । तर, पछिल्लो समय ठाकुरले अफ्नो पक्षमा बहुमत पुर्याएको बताइएको छ ।

जसपाका ३४ सांसदमध्ये दुईजना निलम्बनमा परेका छन् । संसदीय दलको अध्यक्षमा चयन हुनका लागि कम्तीमा १७ मत चाहिने देखिएको छ ।

प्रकाशित मिति: २० बैशाख २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्