न्यौपानेको कर्ममा बालबालिकाको आवाज
काठमाडौं, कार्तिक ८
कान्तिपुर दैनिकका पत्रकार दामोदर न्यौपानको दोस्रो कृति ‘कर्म ः सिकाइमा गहिरिएको खाडल’ माथि शनिवार परिचर्चा गरियो । ‘शिक्षकले सिकाएको कुरा विद्यार्थी सम्म पुगेको छैन । विद्यार्थीले किन सिक्न सकेनन् ? यसमा विभिन्न फ्याक्टर छन्,’ कार्यक्रमको शुरुमै माधव अधिकारले भने, ‘सिकाइ कमजोर हुनुमा के के फ्याक्टर जिम्मेवार छन् ? यो कुरा ‘कर्म ः सिकाइमा गहिरिएको खाडलमा केलाइएको छ ।’
पेशाले शिक्षक र लेखनमा समेत सक्रिय अधिकारीले न्यौपानेको व्यक्तित्व समेत चिनाउँदै भने, ‘पत्रकार दामोदर न्यौपानेका समाचार खोजमुलक हुन्छन् । विषयको गहिराइमा गएर लेख्छन् । शिक्षामा के कस्तो समस्या छ भनेर लेखकले बुझेका छन् ।
आयोजक संस्था नार्गजुन कम्युनिकेसन, स्टेशनरी सप्लायर्सकाका प्रोप्राइटर समेत रहेका अधिकारीले लेखकलाई चिनाउदै भने, ‘बालबालिकाको प्रतिभा कसरी उजागर भएका छन् भनेर मिहिन ढंगले हेरिएको छ ।’ बालबालिकाको सर्वाङगिण विकासको लागि के भइरहेका छन् र के गर्नु पर्छ भनेर समाधान समेत यो पुस्तकले दिएको छ ।’ यो संस्था व्यापारिक उद्देश्यले भन्दा पनि सामाजिक सेवाको भावनाले काम गरिरहेको अधिकारीले जानकारी दिए । यही सामाजिक काम अन्तर्गत यो पुस्तक परिचर्चा कार्यक्रम राखिएको उनले जानकारी दिए ।
पुस्तक कर्म सार्वजनिक भएको दुइ साता भयो । यो विचमा यो पुस्तकले निकै चर्चा पाएको छ । काठमाडौं नार्गाजुन नगरपालकास्थित जनउद्धार माविमा आयोजना गरिएको परिचर्चा तथा हस्ताक्षर कार्यक्रममा विद्यालयका शिक्षक, साहित्यकार, विद्यार्थी लगयात सहभागी थिए । सहभागीले पुस्तकले नया“ विषय उठाएको धारणा राखे ।
इन्जिनियर सरला न्यौपानेले यो पुस्तक सबै बर्गको लागि उपयोगी भएको धारणा राखिन् । ‘सटिक र सरल लेखन शैली भएकाले यो सबैले पढ्न सक्छन् । समाज बुझ्न समाजमै जानु पर्छ । त्यही ठाउमा पुग्नु पर्छ । त्यहींका मान्छे भेट्नु पर्छ ।
यसो गरियो भने मात्रै विषयलाई सहि ढंगले बुझ्न सकिन्छ । लेखक त्यही ठाउमा पुगेर लेखेको हुनाले धेरै लुेकेका सूचना आएका छन् । यसले निती निर्माण तहमा समेत केही गर्न झकझकाउछ ।’ विद्यार्थी सिमाना पौडेलले बालबालिकाको रुची ठम्याइदियौं भने उनीहरुको प्रतिभा निखारिने धारणा राखिन् । ‘यो पुस्तक बालबालिकामाथि गरिएको अध्ययन हो । उनीहरको बोली छ यसमा । हरेक किसिमका बालबालिकाबारे लेखिएको छ यसमा ।
यो आवाज विहिनी बालबालिकाको आवाज बनेर आएको छ,’ उनले भनिन्, ‘बालबालिकाको चौतफी विकासको लागि के भएका छन् र के गर्नु पर्छ भनेर यो किताबमा जोडदार रुपमा उठाइएको छ । बालबालिकालाई भोलीको स्मार्ट नागरिक बनाउन यो किताबले बाटो देखाइदिन्छ ।’
पुस्तकका पात्र तथा कोरियोग्राफर सुमन सागर जंग केसीले यो पुस्तकले समस्या मात्रै नदेखाइ समाधानको पनि उपाय दिएको धारणा राखे । ‘म पनि पात्र हु“,’ उनले भने, ‘जे कुरा ल्याउनु पर्छ भन्ने मलाई लागेको थियो, त्यही कुरा यहा आएको छ ।
समस्या मात्रै देखाइएको छैन, समाधानको उपाय पनि दिइएको छ । यो पुस्तकले सिकाइमा गहिरिएको खाडल के रहेछ भनेर बुझ्न, महशुश गराउछ र नीति निर्माण तहमा खाडल पुर्न झकझकाउछ ।’ पुस्तककै अर्की पात्र मञ्जु खनालले यो सबै विद्यार्थी एउटै तहका हुदैनन् । बेग्लै तहका विद्यार्थीलाई कसरी र कुन विधिबाट सिकायो भने सिकाइ प्रभावकारी हुन्छ भनेर मार्गदर्शन यो किताबले गर्ने दाबी गरिन् ।
पिपुल्स एकेडेमीका प्रिन्सीपल रामबाबु सेढाइले समाज राम्रो बनाउने काम शिक्ष्ाँ र राजनीतिले मात्रै गर्न सक्ने बताए । ‘समाज परिवर्तनका लागि साना कुरा गर्नु पर्छ, उनले भने, ‘साना कुरा परिवर्तन गर्न सक्नु पर्छ,’ यो किताबले साना कुरा उठाएको मैंले पाए“ । त्यही भएर यो पुस्तक समाज परिवर्तनको लागि एउटा बहस सिर्जना गर्छ ।’
प्याब्सन काठमाडौंका कोषाध्यक्ष खडग बस्नेतले नेपाली समाजको शिक्ष्ाँ अवस्था केबल आफ्नो कर्म पूरा गर्नेमा मात्रै सिमित रहेको प्रतिक्रिया दिए । ‘विद्यालय पठाइदियो भने आफ्नो कर्म सकियो भन्ने अभिभावक ठान्छन्,’ बस्नेतले भने, ‘तर उसले सिकेका कुरा पनि त्रुटिपूर्ण हुन्छन् । अभिभावकले पनि यसमा चेक गरे मात्रै सिकाइ पूर्ण हुन्छ ।’
समाजको विकास अनुशासनबाट शुरु हुने बताउदै बस्नेतले भने, ‘अनुशासन सिकायो भने किताबी ज्ञानभन्दा प्रभावकारी हुन्छ । संस्कार सिकायो भने मात्रै उ असल नागरिक बन्न सक्छ । यिनै विषयमा प्रभावकारी ढंगले उठाइएकाले यो पुस्तक बालबालिकालाई असल बनाउन के गर्नु पर्छ र हामी कहानेर चुकेका रहेछौं भनेर महशुश गराउछ ।’
अहिलेको शिक्षामा द्धन्द्ध रहेको उनले बताए । ‘अहिले पूर्वीय संस्कृति र पश्चिमी संस्कृतीबीच लडाइ छ । यही लडाइको दोसाधमा छ समाज । एउटा पुस्ता पूर्वीय दर्शन मान्न तयार छैन । अर्काे पुस्ता पश्चिमी संस्कृति मान्न तयार छैन । यी दुइको दोसाधमा छ समाज । हरेका कुरामा द्धन्द्ध छ । ८५ प्रतिशत स्कुल सरकारी छन् ।
सरकारी स्कुलका सबै त्यस्ता छैनन् तर अधिकांश सुतेर जागिर खान खोज्छन् । नीजी क्षेत्रका खटेर काम गर्छन् । सुत्ने र खट्नेबीच पनि द्धन्द्ध छ । यो द्धन्द कसरी हटाउने ? समाजको चिराफार कर्मले गरेको छ । समाजको चिरफार गर्ने कर्म जस्ता पुस्तक लेखिइराख्नु पर्छ ।’
साहित्यकार श्रीराम राइले यस्तो कृति आउन ढिला भएको प्रतिक्रिया दिए । ‘लेखकले हरेक ठाउमा गएर समस्या पहिल्याएका छन् ।
समस्यामा आफ्ना अनुभूति घोलेका छन् । किताबमा रुवाइ छ । तर शक्तिशाली रुवाइ छ । त्यो रुवाइले हामीलाई केही गर्न हौशला दिन्छ । निडर बन्न प्रोत्साहित गर्छ । धेरै कृतिका छापामा धेरै हल्ला आउछन तर किनेर पढेपछि हल्ला गरे जस्तो पाइदैन । यो पुस्तकले हामी पाठकलाई न्याय गरेको छ ।’
लेखक न्यौपानेले बालबालिकाको लागि लेख्ने क्रममा देखेका र भोगेका विषय पुस्तकमा समेटिएको बताए । उनले यो पुस्तक देशलाई कसरी समुन्नत बनाउने भन्ने दृष्टिकोण राखेर लेखिएको बताए । ‘जतासुकै लथालिंग छ । देश गरिब भयो । गरिब भएपछि सबैले हेप्छन् । हाम्रो राष्ट्रियता कमजोर भयो । कमजोर भएपछि छिमेकीले पनि हेप्छन् । हामी स्रोत साधनले धनी छौं ।
भएका साधन उपयोग गर्न सकिने हो भने हामी छिटै माथि जानेछौं । यो कसले गर्ने ? यसका लागि असल नागरिक उत्पादन गर्नु पर्छ । असल नागरिक बनाउन बालबालिकाको सिकाइ असल हुनु पर्छ । अहिले हाम्रो सिकाइ कस्तो छ ? यही विषयमा पुस्तक केन्द्रित छ । यो पढेर हरेक नागरिकलाई मैंले के गरेनछु र मैंले के गर्न सक्ने रहेछु भनेर महशुश गराउ“छ ।’ पुस्तक स्वदेश प्रकाशनले बजारमा ल्याएको हो ।
प्रकाशित मिति: ८ कार्तिक २०७३, सोमबार