नेको इन्स्योरेन्सको यस्ताे छ सेयर र लाभांश प्रस्ताव
काठमाडाैं, कार्तिक ८
नेको इन्स्योरेन्स लिमिटेडले २० प्रतिशत बोनश शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश(कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको छ । बैङ्कको कात्तिक ७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।
सो प्रस्ताव बीमा समितिबाट स्वीकृत भएपछि र कम्पनीको साधारण सभाबाट पारित भएमा शेयरधनीलाई वितरण गरिने छ ।
प्रकाशित मिति: ८ कार्तिक २०७३, सोमबार