भारतमा एकैदिन झण्डै ४ लाख संक्रमित थपिए, साढे ३ हजार बढीको मृत्यु


 



काठमाडौं, वैशाख १९
भारतमा पछिल्लो केही दिनयता दैनिक मृतकको संख्यामा समेत रेकर्ड बन्न थालेको हो।

पछिल्लो २४ घण्टामा ३ लाख ९२ हजार ५६२ जना नयाँ संक्रमित थपिएका छन्। यसअघि अघिल्लो दिन भारतमा ४ लाखभन्दा बढी संक्रमित थपिएका थिए।

पछिल्लो २४ घण्टामा ३६ सय ८८ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या दुई लाख १५ हजार ५२३ पुगेको छ।

संक्रमितमध्ये एक करोड ५९ लाखभन्दा बढी निको भइसकेका छन् करिब ३३ लाख सक्रिय संक्रमित रहेका छन्।

कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या एक करोड ९५ लाख नाघेको छ।

प्रकाशित मिति: १९ बैशाख २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्