चीनमा पनि देखियो भारतीय भेरियन्टको कोरोना, ‘हाई अलर्ट’ जारी


 



काठमाडौं, वैशाख १८
चीनमा पनि भारतीय भेरियन्टको कोरोना देखिएको छ । चीनमा मनाइने पाँच दिने ‘लेबर होलिडे’ अघि चिनियाँ स्वास्थ्य अधिकारीहरुले बाहिरबाट आएका केही मानिसमा परीक्षण गर्दा भारतीय भेरिएन्टको कोरोना भेटाएका हुन् ।

चिकित्सकहरुले कोरोना भाइरसको बी१६१७ म्युटेन्ट भेरियन्ट भेटिएको भन्दै चेतावनी जारी गरेका छन् । भाइरसको यो भेरियन्ट सबैभन्दा पहिले भारतमा भेटिएको थियो ।

चिनियाँ सरकारले सार्वजनिक स्वास्थ्य इमर्जेन्सीजस्तो स्थितिसँग लड्न बनाएको डिजिज कन्ट्रोल एजेन्सीका स्वास्थ्य अधिकारीहरुले भाइरसको भारतीय भेरियन्ट भेटिएको भन्दै देशमा हाई अलर्ट जारी गरेका हुन् । 

अधिकारीहरुका अनुसार भारतबाट आएका केही यात्रीहरूलाई १४ दिन क्वारेन्टिनमा राखिएको थियो । जहाँ उनीहरुलाई भाइरसको संक्रमण पुष्टि भएको हो । यद्यपि, यही भेरियन्टकै कारण भारतमा दोस्रो लहर यति घातक भएको भन्ने अझै पुष्टि भने भएको छैन ।

यद्यपि, उनले नयाँ भेरियन्टबाट कति जना सक्रमित फेला परेका छन् भन्ने चाहिँ जानकारी दिएनन् ।

प्रकाशित मिति: १८ बैशाख २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्